२०८३, १६ आश्विन शनिबार

गरिबको परिचयपत्र हुनेखानेलाई !

गरिबको परिचयपत्र हुनेखानेलाई !


बाजुरा, २३ असोज: जिल्लाको छेडेदह गाउँपालिकामा धनी र हुनेखानेका नाममा गरिब परिचयपत्र बनेको भन्दै परिचयपत्र वितरण गर्ने कार्यमा रोक लगाएको छ । छेडेदह गाउँपालिकाको वडा नं. ३ मा गरिबका नाममा हुनेखाने र धनीका नाममा गरिबको परिचयपत्र बनेको भन्दै गरिबको नाउमा धनीलाई परिचयपत्र नबाँड्ने भन्दै गाउँपालिकाले रोक लगाएको हो । वास्तविक गरिबको पहिचान नभई गरिब परिचयपत्रको दुरुपयोग गर्दै धनीहरूका हातमा पर्ने भएकाले वास्तविक गरिबको पहिचान नहुँदासम्म परिचयपत्र वितरण नगर्ने छेडेदह गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष दीपक रावतले बताउनुभयो । याे खबर अाजकाे गाेरखापत्रमा छ ।

जिल्लाभरिको आर्थिक हैसियत अध्ययन गर्दा १२ महिनासम्म खान पुग्नेको सङ्ख्यामा पर्नेलाई गरिब नभनेर हुनेखानेलाई परिचयपत्र थमाउने कामलाई हामीले रोकेका हौँ, अध्यक्ष रावतले भन्नुभयो । जिल्लामा गरिबी व्याप्त भएको र गरिब परिचयपत्रमा वास्तविक गरिबले नपाउन्जेलसम्म हाम्रो वडामा गरिब परिचयपत्र वितरण नदिइने उहाँले बताउनुभयो ।

जिल्लाका धनाल्त, मौवाडी, धुर्तला र गुदुवासीले वास्तविक आफू गरिबको तथ्याङ्कमा आउन नसकेको भन्दै विरोध जनाएका छन् । धनीको नाम गरिबको सूचीमा आयो भने हामी गरिबको नाम कुन सूचीमा पर्ने हो ? स्थानीय रमेश बुढाले भन्नुभयो ।गरिबले हुनेखानेको जमिन जोतेर दैनिक जीवन गुजारा गर्दै आएका छन् । जमिन्दार नै गरिबको सूचीमा परेका छन्, यो जिल्लामा भने कसरी न्याय हुन्छ ? बुढाले भन्नुभयो । यो समस्या छेडेदह गाउँपालिका मात्र नभई जिल्लाको सबै नगर तथा गाउँपालिकामा रहेको छ । एउटा गरिब परिचयपत्रमा यस्तो खालको विभेद हुन्छ भने कुनै सरकारी क्षेत्रको सेवा प्रवाहमा के होला ? स्थानीयस्तरमा आएका योजना के हुन्छन् होला ? उहाँले प्रश्न गर्दै भन्नुभयो ।

प्रकाशित मिति : २०७५, २३ आश्विन मंगलबार  ८ : ३५ बजे

उपल्लो डोल्पाबाट बजारतर्फ लैजाँदै च्याङ्ग्रा फोटो फिचर

उपल्लो डोल्पाका हिमाली बस्तीमा पालिएका च्याङ्ग्राहरू अहिले दशैँ–तिहारको बजारलाई लक्षित

घर बनाउन सरकारले सामग्रीदेखि सहुलियत ऋणसम्म दिने

काठमाडौं । सरकारले पहिलोपटक घर बनाउने नागरिकदेखि विपन्न तथा मध्यम

२ महिनामै १०० को सेयर ८०० कसरी? कामाख्या फिनकर्पलाई कम्पनी रजिस्ट्रारको ७ दिने स्पष्टीकरण

काठमाडौं । कम्पनी दर्ता भएको दुई महिनामै कामाख्या फिनकर्प प्रालिको

यात्रुवाहक बस पल्टिँदा ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को बिनयी त्रिवेणी

‘गुट होइन नीति, पद होइन जिम्मेवारी’ : महामन्त्रीका आकांक्षी महरले अघि सारे कांग्रेस रूपान्तरणका एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको पूर्वसन्ध्यामा महामन्त्री पदका उम्मेदवार