नुवाकोट, २७ भदौ: दुप्चेश्वर गाउँपालिका–१ घ्याङ्फेदीको चेताङमा भीषण पहिरो जाँदा दुई जना सम्पर्कविहीन भएका छन् । आज अपराह्नदेखि गएको पहिरामा परी उनीहरु सम्पर्कविहीन भएको स्थानीयवासीले जानकारी दिएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले बताउनुभयो । सम्पर्कविहीनको नाम भने नखुलेको अध्यक्ष तामाङले बताउनुभयो । गोठमा गएका दुई स्थानीयवासी पहिरामा फसेका कारण उद्धारको प्रयास भइरहेको अध्यक्ष तामाङले जानकारी…