२०८२, २५ असार बुधबार

आज तिहारको चौथो दिन गोवर्द्धनको पूजा गरिँदै

आज तिहारको चौथो दिन गोवर्द्धनको पूजा गरिँदै


काठमाडौँ, २२ कार्तिक : संस्कृति र चाड पर्व नेपाल र नेपालीको गहना नै हो । आफ्नो पुर्खादेखि चली आएको र विभिन्न धार्मिक ग्रन्थमा उल्लेख भए अनुरूप पूजाआरधना गर्ने हिन्दु परम्परा साँच्चै लोभलाग्दो छ । अझ नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार, पशुपंक्षीहरुको समेत पर्वको रूपमा चिनिन्छ ।तिहारको पाँच दिनमा पाँच फरक फरक जनावरको पूजाआजाले मानिस र पशुपंक्षीहरुबीचको सम्बन्धलाई समेत प्रष्टाउने गर्दछ । त्यसैले त तिहारको चौथो दिन आज, गाई र गोवर्द्धनको पूजाआजा गरिँदै छ ।

हिन्दु नेपालीहरूको पर्व तिहार अर्थात् यमपन्चकको चौथो दिन आज गोवर्द्धन पूजा गरी मनाइदैछ । कात्तिक कृष्ण त्रयोदशीदेखि कात्तिक शुक्ल द्वितीयासम्म मनाइने तिहार पर्व अन्तरगत यमपन्चकको चौथो दिन गोवर्द्धन पर्वतको पूजा गर्ने गरिन्छ ।आजका दिन बिहानै आ–आफ्नो आँगनमा लिप पोत गरी गोवर्द्धन पर्वतको प्रतीकका रूपमा गाईको गोबरले पर्वतको आकृति बनाई गोवर्द्धन पूजा गरिन्छ । द्धापर युगमा भगवान् श्रीकृष्णले आफ्नै हातले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई ठूलो वर्षाका कारण हुने क्षतिबाट बचाई इन्द्रको घमण्ड नष्ट गरेकाले त्यसै बेला देखि गोवर्द्धन पर्वतको पूजा गर्ने चलन सुरु भएको धार्मिक विश्वास रहिआएको छ ।

यस्तै आजै महादेवको बहनाका रूपमा रहेको गोरुको पूजा गरी रोटी, बाबर, पिठो आदि खानेकुरा खुवाउने गर्दछन् । आज साँझ पुरुषहरू समूहमा जम्मा भएर देउसी खेल्ने परम्परा समेत रहेको छ । त्यसै गरी नेवार समुदायले भने आफ्नै शरीरको पूजा गरी ‘म्हपूजा मनाउँदै छन् । आत्मा नै सबैभन्दा ठुलो र महत्त्वपूर्ण भएकाले आत्मपूजा गर्ने परम्परा भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आगलागीबाट बचेको खुसीयालीमा हाँडीगाउँ विशालनगरका बासिन्दाले यो प्रचलन शुरु गरेको इतिहास रहिआएको छ ।

प्रकाशित मिति : २०७५, २२ कार्तिक बिहीबार  ७ : २५ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज