२०८२, १९ चैत्र शुक्रबार

गुरुयोजना बनाई समृद्धिको मार्गमा लाग्न अर्थमन्त्रीे खतिवडाको सुझाव

काठमाडौँ, १७ कार्तिक : अर्थमन्त्री डा युवराज खतिवडाले गुठी संस्थानलाई आधुनिक सामाजिक संस्थानका रुपमा विकास गर्न जरुरी रहेको औँल्याउनुभएको छ । गुरुयोजना बनाएर नयाँ ढङ्गले व्यवस्थापन गरी समृद्धिको मार्गमा लाग्न उहाँले संस्थानका पदाधिकारीलाई सुझाव दिनुभयो । संस्थानको ५५औँ वार्षिकोत्सवका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा बोल्दै उहाँले इतिहासको धरोहर गुठी संस्थानको अस्तित्व जोगाउँदै यसलाई समयसापेक्ष बनाउनुपर्ने…