२०८३, ३० असार बुधबार

अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न भक्तपुरमा अवलोकन टोली

अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न भक्तपुरमा अवलोकन टोली


भक्तपुर, १७ कात्तिक: भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न शुक्रबार प्राविधिकसहितको टोलीले सम्भावित क्षेत्रको अनुगमन गरेको छ । सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमता रहेको अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न भकारी मूलको जग्गा छनोट गरेपनि पनि स्थानीयवासीले विरोध गरेपछि त्यस क्षेत्रको विकल्पमा सूर्यविनायक नगरपालिका वडा नं ८ र ९ स्थित सिपाडोलको जग्गामा सम्भाव्यता अध्ययन गरेको हो ।

प्रतिनिधिसभाका सदस्य, पूर्वउद्योगमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको विशेष पहलमा सरकारले करीब एक हजार ५०० रोपनी क्षेत्रफलमा रङ्गशाला निर्माण गर्न सूर्यविनायक नगरपालिकाको वडा ९स्थित नंखेल र १०स्थित चित्तपोल तथा चाँगुनारायण नगरपालिकाको वडा नं ८ र ९स्थित ताथलीमा रङ्गशालाका लागि जग्गा उपयुक्त हुने ठह¥याएको थियो ।

स्थानीयवासीले बस्ती उठाउन पाइँदैन, रङ्गशाला चाहिँदैन भन्दै विरोध गरेपछि विकल्पका रूपमा सूर्यविनायक नगरपालिका–८ सिपाडोलमा रङ्गशाला निर्माणका लागि जग्गा छनोट गर्न अनुगमन गरिएको थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले समेत यस क्षेत्रको अवलोकन गर्नुभयो । सरकारले रङ्गशाला निर्माणका लागि उक्त मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजनमा गठन गरेको १५ सदस्यीय जग्गा पहिचान तथा छनोट समितिले सम्भाव्यता अध्ययन गरी भकारी मूललाई पनि उपयुक्त स्थल ठह¥याएको थियो ।

भक्तपुरमा बन्ने रङ्गशालामा अन्तर्राष्ट्रियस्तरको खेल सञ्चालन हुने तीन वटा खेल मैदान, अन्य दुईमा राष्ट्रिय खेल, विभिन्न संस्थाले सञ्चालन गर्ने खेल सञ्चालन गर्न मिल्ने गरी अन्तर्राष्टियस्तरको रङ्गशाला आगामी तीन वर्षभित्र निर्माण गर्ने गरी काम अगाडि बढाइएको सांसद एवं समितिका सल्लाहकार महेश बस्नेतले बताउनुभयो । पचास हजार दर्शक क्षमता रहने यो रङ्गशालामा २५ हजार मोटरसाइकल, १० हजार चारपाङ्ग्रे सवारीसाधन पार्किङ गर्न सकिने छ भने अन्य विभिन्न भौतिक पूर्वाधारसमेत निर्माण हुने योजना रहेको उहाँको भनाइ थियो ।

अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणका लागि प्रस्तावित स्थानमा रङ्गशाला बनाउन नदिन नेपाल मजदुर किसान पार्टीले मात्रै विरोध गरेको बताउँदै सांसद बस्नेतले भक्तपुरको विकासलाई नेमकिपाले अब कुनै हालतमा रोक्न नसक्नेमा जोड दिनुभयोे । अनुगमनपछि प्रदेश नं ३ प्रदेशसभा सदस्य शशीजङ्ग थापाले सरकारले अन्तर्राष्ट्रियस्तरको रङ्गशाला निर्माण गर्न भक्तपुरमा प्रशस्त उपयुक्त जग्गा रहेकाले भक्तपुरमै निर्माण हुने बताउनुभयो । अध्ययन अनुगमनका क्रममा काठमाडौँ उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले रङ्गशाला र कवर्ड हल निर्माण गर्न विरोध गरेको ठाउँलाई छाड्दै स्वागत गर्ने ठाउँमा अध्ययन गरिएको बताउनुभयो ।

टोलीले यस क्षेत्रको थप अध्ययन अनुसन्धान गरी यहाँ कति व्यक्तिगत जग्गा छन्, सार्वजनिक जग्गा कति छन् भन्ने विकल्पसहितको अध्ययन प्रतिवेदन आएपछि रङ्गशाला निर्माणको कार्य अगाडि बढाइने जनाएको छ । अनुगमनमा सांसद बस्नेत, प्रदेससभा सदस्य थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, वडाध्यक्ष सानुकाजी कायस्थ, रविन्द्र सापकोटा, किरण थापा, उपेन्द्र केसीलगायतको सहभागिता थियो । सरकारले आर्थिक वर्ष २०७५।७६ मा खेलकूदका लागि रु ३ अर्ब ७५ करोड विनियोजना गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ कार्तिक शनिबार  ७ : ४० बजे

सुदूरपश्चिममा कांग्रेस-एमाले गठबन्धन टुट्यो, मुख्यमन्त्री शाहले हटाए एमालेका सबै मन्त्री

धनगढी । सुदूरपश्चिम प्रदेशको सत्ता समीकरणमा ठूलो परिवर्तन आएको छ।

कांग्रेसको आक्रोश “प्रधानमन्त्री किन भाग्दै छन् ?”

काठमाडौं। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसले प्रधानमन्त्री बालेन शाहमाथि तीव्र राजनीतिक

नेपाल वायुसेवा निगममा नयाँ कार्यकारी नेतृत्व, महेश्वरभक्त श्रेष्ठलाई दोहोरो जिम्मेवारी

काठमाडौं । नेपाल वायुसेवा निगम (नेवानी) ले नयाँ कार्यकारी नेतृत्व

गणेश प्रकरणपछि सडकमा फर्कियो महानगर प्रहरी, ‘सेवा रोकिँदैन’ भन्दै एसएसपी जोशीको सन्देश

काठमाडौं । गणेश नेपालीको मृत्यु प्रकरणपछि केही दिन सडकबाट लगभग

सरकारी विज्ञापनमा एकाधिकार असंवैधानिक, सर्वोच्चले सरकारको निर्णय बदर गर्‍यो

काठमाडौं । सर्वोच्च अदालतले सरकारी विज्ञापन सरकारी स्वामित्वका सञ्चारमाध्यममा मात्रै