२०८३, २२ भाद्र मंगलबार

अर्जुनधारा जलेश्वरधाममा मङ्गलबारदेखि महायज्ञ

अर्जुनधारा जलेश्वरधाममा मङ्गलबारदेखि महायज्ञ


भद्रपुर, ९ मङ्सिर : ‘पूर्वकै पशुपतिनाथ’ अर्जुनधारा जलेश्वरधाममा भविष्य महापुराण, रुद्राभिषेक महायज्ञ र धनधान्याचल महायज्ञ यही मङ्सिर ११ गतेदेखि हुने भएको छ । महाभारतकालीन इतिहास बोकेको जलेश्वरधामको ३६ औंँ वार्षिक अनुष्ठानका अवसरमा महायज्ञ गरिने आज आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ । विसं २०२३ मा स्थापित धाममा २०४० देखि प्रत्येक वर्ष बाला चतुर्दशीमा समापन हुने गरी महापुराण एवं अनुष्ठान सञ्चालन हुँदै आएका छन् ।

यही मङ्सिर २० गतेसम्म चल्ने अनुष्ठानमा देशविदेशका आन्तरिक तथा बाह्य गरी तीन लाख पर्यटक जलेश्वरधाममा भित्र्याउने लक्ष्य रहेको धाम समितिका अध्यक्ष नवीन गट्टानीले बताउनुभयो । अनुष्ठानमा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई महाभारतकालीन घटनाक्रम एवम् धामको उत्पतिबारे विद्युतीय जानकारी, धामको ऐतिहासिक मूलपोखरीभित्र कलात्मक सङ्गीतमय फोहरा प्रदर्शनी, लक्ष्यवर्तिका प्रज्वलन र प्रत्येक दिन विशेष गङ्गा आरती गरी धार्मिक मनोरञ्जन प्रदान गरिने छ ।

सोही धाममा अध्ययन गर्नुभएका भागवतभूषण कौशिकजी महाराज (पं दिनेश ढुङ्गाना)बाट कथा वाचन गरिने छ । यसै वर्ष सरकारले विकासोन्मुख पर्यटकीय गन्तव्यका रुपमा झापाको अर्जुनधारा जलेश्वरधामलाई समेत सूचीकृत गरेको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ९ मंसिर आईतबार  ५ : ३३ बजे

जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आन्दोलन नै हाइज्याक भयो : अधिवक्ता त्रिपाठी

काठमाडौं । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले एक वर्षअघि भएको जेन्जी

धादिङको गजुरीस्थित गलौंदी र जरे होल्डिङ सेन्टरमा सभामुख, राहत र पुनर्स्थापनाबारे छलफल

काठमाडौं । सभामुख डीपी अर्यालले धादिङको गजुरी गाउँपालिका–स्थित गलौंदी र

जेनजी आन्दोलनका क्रममा भएका घट्नाको निष्पक्ष छानविन नहुनु दुर्भाग्यपूर्ण ः डा.डिला संग्रौला

काठमाडौं । भ्रष्टाचार, बेथिति, सुशासन र राजनीतिक जवाफदेहिताको माग गर्दै