फिक्कल, १० मङ्सिर: इलाम, देउमाई नगरपालिकास्थित गुफाथुम्कीबाट आज प्याराग्लाइडिङको सफल परीक्षण गरिएको छ । पर्यटन व्यवसायी तथा प्याराग्लाइडिङ बाङचु शेर्पाले बिहान ११ बजे गुफाथुम्कीबाट प्याराग्लाइडिङको सफल उडान गर्नुभएको हो । गुफाथुम्कीबाट उडाइएको प्याराग्लाइडिङ गुम्बाडाँडामा अवतरण गराइएको देउमाई नगरपालिका–४ का वडाध्यक्ष राजेन्द्र बाँस्तोलाले जानकारी दिनुभयो । पर्यटकीय क्षेत्रको प्रवद्र्धन र बढी पर्यटन भित्र्याउने कार्यमा यस अभियानले…