२०८३, १७ आश्विन आईतबार

मोरङ खुला दिसामुक्त घोषणा हुने

मोरङ खुला दिसामुक्त घोषणा हुने


विराटनगर, १७ मङ्सिर: मोरङका सबै स्थानीय तहलाई पुस ५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गरिने जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले निर्णय गरेको छ ।

समन्वय समितिका सदस्य सचिव इञ्जिनीयर सयनकुमार श्रेष्ठले तोकिएको समयमा नै खुल्ला दिसामुक्त घोषणा गर्न सबै रणनीति अपनाउने बताउनुभयो । प्रदेश नं १ को समेत राजधानी रहेको मोरङको खुल्ला दिसामुक्त घोषणा हुनु जिल्लाकै प्रतिष्ठाको विषय बनेको जिल्ला समन्वय समिति मोरङका प्रमुख नरेशप्रसाद पोखरेलको भनाइ छ ।

यसअघिको जिल्लाका साझेदार र राष्ट्रिय सरसफाइ समन्वय समितिसहितको विस्तारित बैठकले खुला दिसामुक्त घोषणा गर्न बाँकी सम्पूर्ण स्थानीय तहहरु मङ्सिर १५ गतेभित्र खुल्ला दिसामुक्त घोषणा गरी २० गते जिल्लालाई नै खुल्ला दिसामुक्त घोषणा गर्ने निर्णय गरेको थियो । विराटनगर महानगरपालिकाको वडा १८ र १९ अझै खुला दिसमुक्त क्षेत्र घोषण हुन बाँकी छ ।
-रासस

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ६ : ४२ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन