२०८३, १७ आश्विन आईतबार

घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य

घट्यो पेट्रोल, डिजेल र मटितेलको मूल्य


काठमाडौँ, १७ मङ्सिर :सरकारले पेट्रोल, डिजेल र मटितेलको मूल्य घटाएको छ । आइतबार राति १२ बजेदेखि लागू हुने गरी प्रतिलिटर २/२ रुपैयाँ घटाएको निगम सञ्चालक समितिका सदस्य अरिबन्द अग्रवालले जानकारी दिए ।भारतीय आयल निगमले आइतबार शनिबार पठाएको नयाँ मुल्य सूचीअनुसार नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको हो । नयाँ मूल्य अनुसार अब पेट्रोल प्रतिलिटर ११२ रुपैयाँमा किन्न पाइनेछ । यस्तै डिजेल र मटितेलको मूल्य प्रतिलिटर ९९ रुपैयाँमा झरेको छ ।

निगमले हवाई इन्धन र खाना पकाउने ग्यासको मूल्य यथावत राखेको छ ।यो समायोजन पश्चात् पनि भारतको रक्सौल भन्दा नेपालको वीरगंजतर्फको सीमा मूल्यमा पेट्रोलमा १२.३२ रुपैयाँ प्रतिलिटरले र डिजेलमा १५.७१ रुपैयाँले सस्तो हो ।निगमलाई यो आथिर्क वर्षमा मात्र ३ अर्व ८४ करोड घाटा भइसकेको निगमका प्रवक्ता विरेन्द्र गोइतले बताए । खरिद मूल्य अत्याधिक बढेको बखतमा पनि नेपाल सरकार तथा सम्बन्धित संसदिय समितीको चाडवाडको बेला पेट्रोलियम पदार्थको मूल्य नबढाउन अनुरोध भएपछि निगमले मूल्यवृद्धि गरेको थिएन ।

अब निगमलाई पेट्रोलमा प्रतिलिटर ११.४४ रुपैयाँ नाफा छ । डिजेलमा प्रतिलिटर ५.८१ रुपैयाँ छ । ग्याँसमा भने प्रति सिलिण्डर २८४.८३ रुपैयाँ घाटा छ । समग्रमा निगमलाई आगामी १५ दिनमा करीब ५६ करोड ५८ लाख नाफा हुनेछ ।

प्रकाशित मिति : २०७५, १७ मंसिर सोमबार  ८ : ४६ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन