काठमाडौँ, मंसिर १४ : जनकपुरमा हुने रामजानकी विवाह महोत्सवमा काठमाडौँबाट समेत दुलाहाकातर्फबाट जन्ती प्रस्थान गर्ने भएको छ । जनकपुर रामजानकी मन्दिरका महामण्डलेश्वर रामतपेश्वरदास वैष्णवले जन्ती र विवाह समारोहमा सहभागी हुन निम्ता गर्नुभएको छ । निम्तो मान्न गुठी संस्थानका प्रशासक नारायणप्रसाद चौधरी, उपप्रशासकहरु सरोज थपलिया र दीपकबहादुर पाण्डेसहित संस्थानको कर्मचारी टोली र भगवान् रामप्रति आस्था राख्ने…