२०८३, ३२ असार शुक्रबार

बौद्ध गुम्बामा चिनिया लामाको मनपरी, कारबाही गर्न माग

बौद्ध गुम्बामा चिनिया लामाको मनपरी, कारबाही गर्न माग


काठमाण्डौ,पुस ३:काठमाण्डौको बौद्ध गुम्बामा चिनियाँ लामाले गुम्बाको संरचना बिगारेको भन्दै कारबाहीको काम गरिएको छ ।

चिनिया नागरिकको सहयोगमा बौद्ध घ्याङ गुठीका अध्यक्ष भूपति बज्र लामाले अनावश्यक गुम्बाको संरचना बिगारे भन्दै बौद्धनाथ क्षेत्र विकास समितिले कारबाहिको माग गरेको हो ।

समितिले कारबाहिका लागि पुरातत्व बिभागलाइ पत्र पठाएका छ । समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाण्डौ र प्रहरीलाई समेत बोधार्थ गरी कारबाहिका लागि पत्र पठाएको हो ।

विश्व सम्पदा सुचिमा सुचिकृत बौद्ध स्तुपामा पुरातत्व बिभागको स्वीकृत नलिई र बौद्ध विकास समितिलाइ समेत कुनै जानकारी नदिइ बौद्ध घ्याङ गुठीका अध्यक्ष भूपति बज्र लामाले सम्पदामा ड्रिल गरि प्राचीन स्मारक क्षेत्रमा क्षति पुर्याएको पत्रमा उल्लेखगरिएको छ ।

समितिका अध्यक्ष राजकुमार लामाले हस्ताक्षर गरेको पत्रमा बौद्धधर्मवलम्बीहरुको आस्थाको धरोहर बौद्ध स्तुपाको संरचना अनावश्यक रुपमा बिगार्ने भूमपति बज्र लामालाई प्राचीन स्मारक संरक्षण ऐन २०१३ (संसोधन सहित) अनुसार हदै सम्मको कारबाहीको माग गरिएको छ ।

भूपति बज्र लामाले यस अघि पनि पर्यटक आवगमनलाई नै असर पर्ने गरी गुम्बा मर्मतको नाममा अनावश्यक क्रियाकलापक गर्दै आएको समितिले ठहर गरेको छ ।

प्रकाशित मिति : २०७५, ३ पुस मंगलबार  ९ : १६ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित