२०८३, १८ आश्विन सोमबार

अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरिया आक्रमक

अमेरिकी नाकाबन्दीप्रति उत्तर कोरिया आक्रमक


सोल, २ पुस : उत्तर कोरियाले अमेरिकाद्धारा हालै जारी गरिएको नाकाबन्दीप्रति आपत्ति जनाएको छ । उत्तर कोरियाले अमेरिकाले गराएको सो नाकाबन्दीका कारण उत्तर कोरियामा निशस्त्रीकरणसम्बन्धी कार्यक्रमलाई रोक्न गर्न चेतावनी दिएको हो ।

यस वर्ष गएको जुन महिनामा सिंगापुरमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको वार्तापछि उत्तर कोरियामा निशस्त्रीकरणको विषयमा सहमति भएको थियो । तर पनि सो विषयमा पछिल्लो समयमा प्रगति हुन सकिरहेको छैन ।

सिंगापुर बैठकमा भएको सहमतिअनुसार यी दुई नेताले उत्तर कोरियामा निशस्त्रीकरण गर्ने बारेमा हस्ताक्षर गरेका थिए । तर त्यसपछिका दिनहरु सहज हुन सकेका छैनन्, वार्तामा पछिल्लो समयमा अवरोध उत्पन्न हुने गरेको छ । अमेरिकाले अहिलेकै अवस्थामा विना शर्त उत्तर कोरिया निशस्त्रीकरण गरोस् भन्नेमा छ । तर पनि यस विषयमा उत्तर कोरियाले भने अमेरिकाले लगाउँदै आएका नाकाबन्दीहरुलाई फुकाइदेओस र हटाओस भन्ने चाहन्छ ।
अहिले उत्तर कोरियाले अमेरिकाले लगाएका नाकाबन्दीहरु तत्कालै नहटाउने हो भने निशस्त्रीकरणको प्रक्रिया पनि आरम्भ नहुने र आगामी दिनमा पनि यो प्रक्रियाले कहिल्यै पूर्णता नपाउने भनेको छ ।

अमेरिकाले गत हप्ता उत्तर कोरियाली तीन अधिकारीका विरुद्धमा मानवअधिकार हनन्को आरोप लगाएको छ । उनीहरुका विरुद्ध पनि अमेरिकाले नाकाबन्दी जारी गरेको छ । तीमध्येका एकजना चो योङ हाय उत्तर कोरियाली नेता किमका दाहिने हात मानिन्छन् ।

उत्तर कोरियाली सरकारको विज्ञप्तिको उद्धृतगर्दै यहाँको सरकारी समाचार समिति केसिएनएले भनेको छ– अमेरिकी राष्ट्रपति ट्रम्पले बारम्बार आफ्ना अभिव्यक्तिबाट उत्तर कोरियासँगको सम्बन्धमा सुधार ल्याउने चाहन्छन् तर पनि अमेरिकी विदेश मन्त्रालयले भने बारम्बार उत्तर कोरियाका विरुद्ध नाकाबन्दीका साथै सम्बन्धलाई गत वर्षकै अवस्थामा पु¥याउने खेल प्रदर्शन गरिरहेको छ ।

अहिले अमेरिकी विदेश मन्त्रालयले हरेक हप्ताजस्तो विज्ञप्ति प्रकाशन गरेर उत्तर कोरियाल पछिल्लो समयमा कपटपूर्ण काममा लागेको र उसले निशस्त्रीकरणको लागि प्रक्रियाको आरम्भ नै नगरेको बताउने गरेको छ । उता उत्तर कोरियाले भने आफु सिंगापुर सम्झौताको पक्षमा इमान्दारिताका साथ लागि परेको तर त्यस सम्झौताबमोजिम अमेरिका भने नाकाबन्दी हटाउने पक्षमा नदेखिएको जनाएको छ ।
–रासस

प्रकाशित मिति : २०७५, २ पुस सोमबार  ४ : ४६ बजे

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा

गगन थापाको सरकारमाथि प्रहार : ‘संसद् बन्द छ, देशलाई खुलामञ्च चाहिएको छ’

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकार र राजनीतिक

सरकार ढल्छ भन्ने मान्छे सरकार नढलेको देखेर ढल्छ : सभापति लामिछाने 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सरकार

गगनजीले नेपाली कांग्रेसलाई नयाँ इतिहासतिर डो¥याउनुभयो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली

आवश्यक विषयमा सरकारसँग हातेमालो गर्न कांग्रेस तयार छ : विश्वप्रकाश शर्मा

काठमाडौं । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकलाई सफल बनाउन