चितवन, १ मङ्सि: छ दिनदेखि हराइरहेका कालिका नगरपालिका–६ बाग्लुङ्गेटोलका २४ वर्षीय सुदीप सापकोटा तेह्रथुममा फेला पर्नुभएको छ । कात्तिक २६ गते सोमबार विदेश यात्राका लागि आवश्यक सामान खरीद गरी फर्कने क्रममा उहाँ नारायणगढबाट बेपत्ता हुनुभएको थियो । इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख प्रहरी नायब उपरीक्षक दयानिधि ज्ञवालीका अनुसार प्रहरीले उहाँलाई तेह्रथुमको ब्लुहेभन होटलमा भेटेको हो…