२०८३, २८ श्रावण शुक्रबार

१२ वर्षमै आमा बनिन् गंगामाया, प्रधानमन्त्री ओलीले दिए चासो

१२ वर्षमै आमा बनिन् गंगामाया, प्रधानमन्त्री ओलीले दिए चासो


काठमाडौं,पुस २१ : राममाया : घुटुघुटु पिएर खा । उठ्छेस कि ?
गंगामाया : सके पो उठ्नु ? १२ वर्षीया सुत्केरी गंगामायालाई तंग्रिनका लागि हर्लिक्स घोलेर खुवाउँदै थिइन्, राममाया । तीन दिनअघि गंगामायाले छोरी जन्माइन् । बज्यै बनेकोमा राममाया खुसी छन् । कलिलै उमेरमा सन्तान जन्माएको छोरीको हेरचाहमा उनी जुटेकी छन् ।

मकवानपुर राक्सिराङ गाउँपालिका–७ मा घर छ, उनको । ‘काठमाडौंबाट १५ सय रुपैयाँ बस भाडा लाग्छ,’ नातिनी खेलाउँदै राममायाले भनिन्, ‘मैले १७ वर्षमा छोरा जन्माएँ । छोरीले १२ वर्षमै छोरी जन्माइन् ।’ पुस १८ गते जन्मेकी नवजात शिशुको तौल २ किलो ९ सय ग्राम छ । चार कक्षासम्म पढेकी गंगामाया छोरी हेर्छिन् । मुसार्छिन् । आफैं लजाउँछिन् । मुस्कुराउँछिन् । शल्यक्रिया गरी शिशु जन्माएको कारण उनलाई उठ्नसमेत सकस छ ।

परोपकार प्रसूती गृहको ५ नं. मा बालिका गंगामायाले शिशु जन्माएपछि उनलाई सोध्दै हेर्न जानेहरु बढेपछि नर्सहरु पनि हैरान छन् । यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । उनी कलिलै उमेरमा गर्भवती भएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री केपी ओलीले चासो दिए । प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले प्रमुख जिल्ला अधिकारी र गाउँपालिका अध्यक्षलाई सम्पर्क गरी उद्धार र उपचारमा चासो देखायो । गंगामायालाई एमबुलेन्समा ल्याई परोपकार प्रसुती गृहमा भर्ना गरिएको थियो । भर्नाका बेला चाँजोपाँजो मिलाउन प्रधानमन्त्री कार्यालयका सहसचिव विनोद कुँवर आफैं खटिएका थिए ।

प्रकाशित मिति : २०७५, २१ पुस शनिबार  ७ : १६ बजे

शिवम् सिमेन्टको नाफा ७८ करोड, कारोबार घट्दा लाभांश क्षमतामा दबाब

काठमाडौं । निर्माण क्षेत्रमा देखिएको सुस्तताको असर सिमेन्ट उद्योगको वित्तीय

राष्ट्रिय वाणिज्य बैंकको नाफा ६० प्रतिशतले बढ्यो, प्रतिसेयर आम्दानी २९ रुपैयाँ १४ पैसा

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३

नेपाल प्रहरी संकटका सारथी , माननीयको निशाना किन ?

काठमाडौं । नेपाल प्रहरीलाई थप व्यावसायिक, अनुशासित, जवाफदेही र नागरिकमैत्री

नाइमा एक्स्पोमा करोडमाथिका ८ गाडी, कसको मूल्य कति ?

काठमाडौं । भृकुटीमण्डपमा जारी नाइमा मोबिलिटी एक्स्पोमा महँगा तथा प्रिमियम

बालबालिका र वयस्कलाई एउटै सुधारगृहमा नराख्न सुझा

काठमाडौं । संसदीय उपसमितिले १८ वर्षमुनिका बालबालिका र १८ वर्ष