२०८३, ३२ असार शुक्रबार

आमाको किरीयामा छाेरी, श्रीमानले दिएका छन् साथ

आमाको किरीयामा छाेरी, श्रीमानले दिएका छन् साथ


काठमाडौँ, पुस २० :९० बर्षकी आमा बितेपछि एक छोरी अहिले एक्लै आमाको किरियामा बस्नु भएको छ । भक्तपुरको गठ्ठाघरमा आमाको किरिया बस्नु भएकी सविना फुयाल केसीको अहिले सबैले प्रसंसा गरेका छन । उहांको उक्त कामलाई भेट्न जाने सबैले नमुना काम भएको भन्दै उहांलाई सानत्वना दिएका छन ।सैनिक अस्पतालबाट सेवानिवृत्त हुनुभएकी पूर्व नर्स सबिना फुँयाल केसी यतिखेर आफ्नी दिवंगत आमाको काज किरीयामा सेतो पहिरन लगाएर कोरामा बस्नुभएको छ । उहाँकी आमा विष्णुकुमारी फुँयालको पुस १३ गते निधन भएको थियो ।

घ्याङ्ग सुकाठोकर दोलखाकी विष्णुकुमारी विगत लामो समयदेखि गठ्ठाघरस्थित आफ्नी साँहिली छोरी सबिनाको घरमा बस्दै आउनु भएको थियो । सविनाका ३ जना दिदी बहिनीहरु पनि छन् तर किरीयामा सविना एक्लै बस्नुभएको छ ।वीरेन्द्र सैनिक अस्पतालमा लामो समय काम गरी ९ वर्षअघि सेवा निवृत्त हुनु भएकी छोरी सबिनाले आफुलाई जन्म र कर्म दिने आमालाई बाँचुञ्जेल रेखदेख गर्दै आउनुभएको थियो । अन्तत सन्तान हुनुको कर्तव्य निर्वाह उहांले गर्नुभएको छ ।याे खबर अाजकाे नेपाल समाचारपत्रमा छ ।

छोरा छोरी दुबै बराबरी भन्ने कानूनी व्यवस्था भैसक्दा समेत समाजका अग्रज अर्थात् बुद्धीजीवीले समेत छोरीको अस्तित्वलाई अस्वीकार गरिरहेको अवस्थामा सविनाले गरेको उक्त कामलाई सबैले उदाहरणीय कार्य भएको बताउदै आएका छन । आफु जिवित हुँदाहुँदै पनि दिवंगत सासुको अन्तिम संस्कार र काजकिरीया गर्न सबिनाका पति शंकरले केसीले श्रीमती सबिनालाई यतिखेर पुर्णरुपमा साथ दिइरहनु भएको छ ।

प्रकाशित मिति : २०७५, २० पुस शुक्रबार  ७ : ३३ बजे

कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

केहीबेरको वर्षामै काठमाडौं जलमग्न, माइतीघर डुबानमा परेपछि सवारी आवागमन प्रभावित

काठमाडौं । बिहीबार दिउँसो परेको अविरल वर्षाले काठमाडौं उपत्यकाका विभिन्न

‘मार्वल’को ट्रेडमार्क दुरुपयोग गरेको आरोप, जानकी प्लास्टिक उद्योगका सञ्चालक पक्राउ

जनकपुरधाम । प्रसिद्ध ‘मार्वल’ ब्रान्डको ट्रेडमार्क दुरुपयोग गरी नक्कली पाइप

अब राइड सेयरिङ चालकले अनिवार्य प्यान लिनुपर्ने, राजस्व विभागको नयाँ निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागले राइड सेयरिङ सेवामा आबद्ध चालकहरूलाई

सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी, विभिन्न नियुक्ति र समसामयिक विषयमा निर्णय हुने सम्भावना

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहको अध्यक्षतामा मन्त्रिपरिषद्को बैठक सिंहदरबारस्थित