चिप्लेढुङ्गा, १२ मङ्सिर : पोखरा महानगरपालिका वडा नं २ भैरवटोलका आनन्दराज मुल्मीको सटरसहितका दुई कोठाभरि पुराना तस्वीर सजिएका थिए । एक हुल स्थानीयवासी आफ्नो बाल्यकाल बिताएका ठाउँको पहिचानको खोजी गर्दै थियो । पुराना तस्वीरमा घोरिइरहेका थिए वरिष्ठ व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’ । एक टक पुराना तस्वीरमा अडिएका उनका आँखाले उनलाई आफ्नो बाल्यकाल र यौवनावस्थामा पु¥याएको…