वालिङ, १२ पुस : यस वर्ष स्याङ्जाबाट करिब रु ४७ करोडको सुन्तला बिक्री हुने अनुमान छ । कृषि ज्ञान केन्द्र स्याङ्जाका बागबानी विकास अधिकृत सन्दीप सुवेदीका अनुसार एक हजार २४० हेक्टर क्षेत्रफलमा १४ हजार ६२९ मेट्रिक टन सुन्तला उत्पादन हुने र सोको बिक्रीबाट रु ४६ करोड ८१ लाख २९ हजार २४ स्याङ्जामा भित्रिने अनुमान छ…