२०८३, १८ आश्विन सोमबार

विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकलको ‘डम्पिङ साइट’ बन्दै नेपाल

विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकलको ‘डम्पिङ साइट’ बन्दै नेपाल


काठमाडौँ, फागुन ६ : विदेशमा थोत्रा भएर फाल्ने अवस्थामा पुगेका दमकल र आगलागीमा प्रयोग हुने अन्य सवारी उपकरण नेपालकोलागि आगलागी नियन्त्रणको भरपर्दो सवारी साधनको रुपमा प्रयोग हुदै आएको छ । विदेशी दातृ निकायले आफ्नो देशमा कामै नलाग्ने भएपछि नेपालको भूमिलाई डम्पिङ साइडको रुपमा प्रयोग गर्दै आएका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् ।

त्यसको प्रत्यक्ष उदाहरणको रुपमा काठमाडौंको जुद्ध वारुण यन्त्र कार्यालय रहेको छ । काठमाडौ महानगरपालिकाको स्वामित्वमा रहेको दमकल कार्यालयमा रहेका सबै दमकल करिब दुई दशक पुराना छन् । विदेशमा डेटस्पायर भए पछि विभिन्न निकायले नेपाललाई दमकल आवश्यक रहेको भन्दै भीख माग्ने अनि विदेशले नेपाललाई सहयोग स्वरुप थोत्रा दमकल र आगलागी नियन्त्रणमा प्रयोग हुने अन्य सवारी साधन उपहारको रुपमा दिने गरेका छन् ।

अहिले राजधानी मात्रै होइन उपत्यका र वरपरका जिल्लामा आगलागी हुदा थोत्रा दमकल कै भर पर्नुपरेको छ । सुविधा सम्पन्न वारुण यन्त्र कार्यालयको रुपमा रहेको कामपाले परिचालन गर्ने अधिकांश दमकल मध्य केही त कामै नलाग्ने भएका छ ।

प्रकाशित मिति : २०७५, ६ फाल्गुन सोमबार  ७ : २२ बजे

गणेश माध्यमिक विद्यालयका नवनिर्मित भवनको उद्घाटन

भक्तपुर, १९ असोज  : वागमती प्रदेशको मुख्यमन्त्री किरण थापा मगरले

सल्लाघारीस्थित खुल्ला चौरमा यहीँ २१ गते बुधबारबाट दशैं रमाइलो महोत्सव–२०८३ सुरु हुने

भक्तपुर, १९ असोज  : नजिकिदै दशैंमा उपभेक्तालाई एकै ठाउँमा सहज,

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय