काठमाडौँ, ३ पुस: काठमाडौँ महानगरपालिका–१९ जनसेवास्थित दमाईंटोलका एक मजदुर आज आफ्नै कोठामा मृत भेटिएका छन् । रङरोगनको काम गर्ने सर्लाही लालबन्दी नगरपालिका–८ घर भई काठमाडौँमा डेरा गरी बस्ने २८ वर्षीय अनिल थारु आफ्नै कोठामा मृत फेला परेको प्रहरी प्रधान कार्यालय काठमाडौँले जनाएको छ । मृत्युको कारण नखुलेको र घटनाको सम्बन्धमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ…