२०८२, २८ असार शनिबार

टिपर व्यवसायी आन्दोलित

टिपर व्यवसायी आन्दोलित


उर्लाबारी, १८ माघ : गत सोमबार मोरङको सुन्दरहरैचा नगरपालिका–९ मा सात वटा टिपरमा गरिएको आगजनीको विरोधमा पूर्वका टिपर व्यवसायी आन्दोलित भएका छन् । आगजनीको विरोधमा पूर्वाञ्चल टिपर व्यवसायी सङ्घको आयोजनामा आज टिपर व्यवसायीले विरोध ¥याली निकालेका छन् । ¥यालीलाई प्रहरीले रोक्न खोजेपछि कोशी राजमार्गअन्तर्गत विराटनगर महानगरपालिका र बूढीगङ्गा गाउँपालिकाको सिमानामा रहेको ढाट क्षेत्रमा केहीबेर तनाव भएको थियो ।

विराटचौकबाट विराटनगरसम्म टिपर ¥यालीको आयोजना गरिएको थियो । उक्त ¥यालीमा तीन सयभन्दा बढी टिपर सहभागी थिए । पूरै सडकमा टिपर तेस्र्याइएपछि कोशी राजमार्ग अवरुद्ध बनेको थियो । प्रहरीले रोकेपछि टिपर चालकहरु सडकमा उत्रिएर नाराबाजी गरेका छन् । गत सोमबार बिहान सुन्दरपुरहरैँचा–९ सिसौघारीमा ११ वर्षीया बालिका लक्ष्मी ढकालको टिपरको ठक्करबाट मृत्यु भएको थियो । त्यसपछि आक्रोशमा सडकमा उत्रिएका स्थानीयवासीले ठक्कर दिएकोसहित सातवटा टिपरमाथि आगजनी गरेका थिए । सो घटनाको विरुद्धमा टिपर व्यवसायी चरणबद्ध आन्दोलनमा उत्रिएका हुन् ।

सङ्घर्ष समितिका संयोजक सन्दीपकुमार सिंहले आफूहरुको शान्तिपूर्ण आन्दोलनमा प्रहरी प्रशासनले हस्तक्षेप गरेको आरोप लगाउनुभयो । उहाँले निर्बाध रुपमा सडकमा कुद्न पाउनुपर्ने, सुन्दरहरैँचामा जलाइएका टिपर व्यवसायीलाई राज्यले उचित क्षतिपूर्ति दिनुपर्ने, टिपर जलाउनेको पहिचान गरेर कारवाही गर्नुपर्नेलगायत माग राखेर आन्दोलन गरेको जानकारी दिनुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १८ माघ शुक्रबार  ७ : ३० बजे

प्रधानमन्त्री ओलीद्वारा माई नगर अस्पताल उद्घाटन, २४ घण्टा सेवा सुरु

इलाम । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी भन्छिन् : ‘जबज केवल राजनीतिक सिद्धान्त होइन, दार्शनिक मार्गदर्शन हो’

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जनताको बहुदलीय जनवाद (जबज) केवल

नाडा अटो शो २०२५ मा विशेष आकर्षण बन्दै ‘नामी ०६’, बेस्ट–सेलर बन्ने सम्भावना कति ?

काठमाडौं । अन्तर्राष्ट्रिय अटोमोबाइल बजारमा ब्यापक चर्चा बटुलिरहेको चिनियाँ विद्युतीय

राजनीतिक पार्टीहरु वैचारिकरुपमा पूर्नगठित हुन नसके विलय हुन्छन : योगेश भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव एवं प्रतिनिधिसभाका सदस्य योगेश भट्टराईले

गणतन्त्रको मेरुदण्ड राजनीतिक दल हुन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले गणतान्त्रिक व्यवस्थाको सफल कार्यान्वयनमा राजनीतिक