काठमाडौं,माघ २७ : जल तथा मौसम पूर्वानुमान महाशाखाले आइतबारदेखि देशैभर मौसममा सुधार आउने जनाएको छ । ‘पश्चिमी वायुको प्रभाव घटेको छ,’ महाशाखाकी मौसमविद् शान्ति कँडेलले भनिन्, ‘आइतबारपछिका केही दिन सबैतिर घमाइला हुनेछन् ।’ पश्चिम र मध्य भागमा शनिबार दिउँसोदेखि सुधार आएपनि पूर्वी भागमा साँझसम्मै पानी परेको थियो । यस पटकको मौसमी प्रणाली पहिलेभन्दा बलियो भएकाले…