२०८३, २९ भाद्र मंगलबार

दसैंमा नेपालीको घरायसी खर्च नगद आठ खर्ब

दसैंमा नेपालीको घरायसी खर्च नगद आठ खर्ब


काठमाडौं, असोज १२ :सरकारी तथ्यांक भन्छ– गत वर्ष सबै नेपालीको घरायसी खर्च २२ खर्ब १८ अर्ब रुपैयाँ भएको थियो । यसपालि झण्डै २४ खर्ब पुग्ने अनुमान छ । दसैं यस्तो चाड हो– जसमा वर्षभरिको खर्चको एक तिहाइ सकिन्छ । त्यस आधारमा यो दसैंमा ८ खर्ब रुपैयाँ सकिँदैछ । तर, त्यसको ४० प्रतिशत नगद ननिकाले पनि हुन्छ । जस्तो–आफ्नै उत्पादन, सरसामान आदि । ६० प्रतिशत भने पैसै चाहिन्छ ।

यसरी हेर्दा यो दसैंमा खर्ब रुपैयाँ प्रबाह हुनेछ । ‘वर्षभरिको हुने खर्चको एकतिहाइ दसैंमा सकिन्छ,’ अर्थशास्त्री केशव आचार्य भन्छन्, ‘यसको अर्थ बजारमा नगदमै कारोबार हुने भन्ने होइन । घरायसी उत्पादनका खाद्यवस्तु, तरकारी, माछामासु समेत बुझिन्छ । कूल उपभोग खर्चको ६० प्रतिशत बजारमा कारोबार हुने अनुमान गर्न सकिन्छ ।’

बजारमा दसैंको चहलपहल बढेको छ । कपडा, गरगहना, सवारीसाधन, माछामासु, ग्याजेटलगायतका सरसामान खपत हुन्छन् । यो समाचार अन्नपूर्ण पोस्ट्मा पुष्पराज आचार्यले लेखेका छन् ।

प्रकाशित मिति : २०७६, १२ आश्विन आईतबार  ६ : ४६ बजे

सूर्यविनायक गणेश रथारोहण एवं रथ जात्राको तयारी पुरा

भक्तपुर, २९ भदौ : गणेश जन्मोत्सवको अवसरमा उपत्यकाका चार विनायक

अन्तर्राष्ट्रिय केम्पो कपमा नेपालको शानदार प्रदर्शन

रोशन कुमार यादवको उत्कृष्ट प्रदर्शन, दुई स्वर्णसहित नेपाललाई ७ पदक

२०२८ मा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय

आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज

काठमाडौं । आज हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज अटल