काठमाडौं, ३२ साउन । नेपाली कला क्षेत्रकी वरिष्ठ अभिनेत्री सुभद्रा अधिकारीको ७२ वर्षको उमेरमा गत शनिबार निधन भएको छ । निमोनियाबाट पीडित रहेकी उनको डल्लुस्थित आफ्नै घरमा निधन भएको हो । करिब चार दशक अघिदेखि कलाकारितामा सक्रिय अधिकारीले अनेकौं चलचित्रमा सशक्त अभिनय गरेकी छिन् । उनीद्वारा अभिनित चिनो, कन्यादान, भाउजू लगायतका चलचित्रबाट उनी चर्चित बनेकी…