२०८३, २५ भाद्र शुक्रबार

इटालीपछि रुस कोरोनाको केन्द्र बन्दै, एकै दिन १० बजार बढी संक्रमित

इटालीपछि रुस कोरोनाको केन्द्र बन्दै, एकै दिन १० बजार बढी संक्रमित


काठमाडौं, २२ बैशाख पछिल्लो समय रूसमा तीब्र रुपमा फैलिरहेको कोरोना भाइरसबाट एकै दिन १० हजार मानिसमा संक्रमित भएका छन् । पछिल्लो विवरण अनुसार आइतबार मात्र त्यहाँ १० हजार जना कोरोना भाइरसका संक्रमित थपिएका हुन् ।

यो सँगै अब रुस कोरोनाको केन्द्र बनेको छ । मार्च अन्तिम सातासम्म फाट्टफुट्ट मात्र संक्रमित रहेको रुसमा अप्रिल लागेसँगै संक्रमण ह्वात्तै बढेको हो । अहिले एक लाख ३४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने एक हजार २८० जनाको मृत्यु भइसकेको छ । रूसी प्रधानमन्त्री मिखाइल मिसुस्तिन स्वयम् कोरोना भाइरसबाट संक्रमित बनेका छन् । एक महिनाअघि पुछारतिर रहेको रूस अहिले सबैभन्दा बढी कोरोना संक्रमित भएका मुलुकमा सातौं नम्बरमा पुगेको छ । धेरै पहिला संक्रमण देखिएका चीन, इरान, टर्कीजस्ता देशलाई पछि पार्दै अघि बढेपछि रुस नयाँ इपिसेन्टरका रुपमा देखिएको छ । राष्ट्रपति भ्लादमिर पुटिनले संक्रमणको उच्चतम विन्दुमा अझै नपुगेको बताएका छन् ।

देशभर मे ११ सम्मका लागि काम गर्न नपाइने नियम लगाइएको छ भने मार्च ३० देखि राजधानी मस्कोका एक करोड २० लाख मानिसलाई अत्यावश्यक बाहेक बाहिर निस्कन निषेध गरिएको छ । रूसमा अहिले दैनिक एक लाख ५० हजार मानिसको कोरोना परीक्षण भइरहेको दाबी पुटिनले गरेका छन् । त्यहाँ अहिलेसम्म ३० लाख मानिसको कोरोना परीक्षण गरिएको बताइएको छ ।

प्रकाशित मिति : २०७७, २२ बैशाख सोमबार  ९ : ४१ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको