बनेपा, १५ असोजः उहिले पूर्खाले सन्ततीलाई आत्म निर्भर बन्न प्रेरित गरेका थिए । आफ्ना आवश्यकता अनुसारका सामग्रीहरु आफैं निर्माण गर्दथे । बोक्नका लागि धेरै गहकिलो नहुने यो चित्राको टोकरी हाम्रा ग्रामीण समुदायलाई निकै काम लाग्ने भाँडो हो । आफ्नै भूगोल, आफ्नै माटो र आफ्नै सिर्जना तथा सीपमा निर्माण गरिएका यस्ता टोकरीहरु बुन्ने सीप त पूर्खाले…