२०८३, २० आश्विन बुधबार

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण

एशियाकै ठूलो शिला शालिग्राम संरक्षण अभावमा जीर्ण


तम्घास, ६ कात्तिक:एशियाकै सबैभन्दा ठूलो शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । गुल्मी, अर्घाखाँची र पर्वतको सङ्गमस्थल कालीगण्डकी नदीमा रहेको शिला शालिग्राम संरक्षणको अभावमा जीर्ण बन्दै गएको हो । शिला शालिग्राम तत्कालीन लुम्बिनी, धवलागिरि र गण्डकी अञ्चल तथा हालको प्रदेश नं ४ र ५ को बीचमा रहेको छ ।

शालिग्रामलाई कालीगण्डकी नदीले वर्षेनी कटान गर्दा र शिलाको परिक्रमा गर्न नमिल्ने हुँदा पनि संरक्षणमा कसैले चासो नदेखाएको स्थानीयवासी केशवराज न्यौपानेले गुनासो गर्नुभयो । शिला शालिग्राम विष्णु भगवान्को अवतारका रुपमा रहेको पाइन्छ ।

शालिग्रामभित्र सुन
शिला शालिग्रामको भित्रपट्टि अचम्मको आवाज निस्कने गर्दछ । रातको समयमा प्रत्येक दिन अचम्मको घण्ट बज्ने गरेको कालीगण्डकी गाउँपालिका–२ का चन्द्रकान्त न्यौपानेले बताउनुभयो । उहाँका अनुसार शिलाको भित्र सुनको खानी रहेको किंवदन्ती छ । राजा महेन्द्रका पालामा शिलाभित्र सुन छ भन्ने थाहा पाएपछि त्यसलाई फुटाउन लागेको सन्दर्भमा महेन्द राजाले रोकेको इतिहास छ ।

धार्मिक महत्व
शिला शालिग्राममा गई पूजा गरेमा मनले आँटेका सबै इच्छा पूरा हुने धार्मिक विश्वास छ । त्सयका कारण कात्तिकको एकादशी, मकर सङक्रान्ति, नववर्ष, असारे ठूला एकादशीमा भक्तजनको अत्याधिक चाप हुने गर्दछ । शालिग्रामको अवलोकनका लागि नेपालका विभिन्न जिल्लाका साथै भारतबाट समेत भक्तजन आउने गर्दछन् ।

स्याङ्जाको गल्याङ नगरपालिकाका प्रमुख भुपराज अधिकारीले शिला शालिग्रामको संरक्षणमा आफूको पनि ध्यान नदिएको स्वीकार गर्नुभयो । उहाँले पर्यटकीयस्थलका रुपमा रहेको शिला शालिग्रामलाई उचित प्रचारप्रसार गरी धार्मिक महत्वका रुपमा विकास गरिने बताउनुभयो ।

त्यस्तै गुल्मीको कालीगण्डकी गाउँपालिकाका प्रमुख वेदबहादुर थापामगरले शिला शालिग्रामको संरक्षणका निम्ति र त्यसलाई पर्यटकीयरूपमा विकास गर्न गाउँपालिकाले उचित निर्णय लिने बताउनुभयो । थापाले शिलासम्म जानका लागि सडक निर्माण, उचित प्रचारप्रसार र धार्मिक एवं पर्यटकीय रूपमा विकास गर्नका लागि संरक्षण समिति निर्माण गरी काम अगाडि बढाइने बताउनुभयो ।

प्रकाशित मिति : २०७६, ६ कार्तिक बुधबार  ९ : ०१ बजे

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको

कांग्रेस महाधिवेशन : उम्मेदवारहरूको नामावली सार्वजनिक

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको निर्वाचनका लागि

आजको मौसम : विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, चट्याङ र हावाहुरीबाट सतर्क रहन आग्रह

काठमाडौं । देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको प्रभाव

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६३५ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ६३५ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय