२०८३, २० आश्विन बुधबार

सर्लाहीको मलंगवा बजारमा आज पनि कर्फयू : जनजीवन कष्टकर बन्दै

सर्लाही । सर्लाही जिल्लाको सदरमुकाम मलंगवा बजारमा जारी अनिश्चितकालीन कर्फ्युलाई आज पनि निरन्तरता दिएको छ। धार्मिक समूहका नाममा सामाजिक सद्भाव विथोल्ने प्रकारका क्रियाकलाप हुन थालेपछि गएको बिहीबार रातिदेखि मलंगवामा अनिश्चितकालीन कर्फ्यु जारी गरेको थियो । विगत तीन दिनदेखिको अनिश्चितकालीन कर्फ्युबाट मलंगवा क्षेत्रको जनजीवन कष्टकर बन्दै गएको छ । कर्फ्युको कारण मलंगवा बजार बिहानैदेखि सुनसान छ।…