२०८३, ३० जेष्ठ आईतबार

नेकपा एमाले नौकुण्ड काठमाडौं सम्पर्क कमिटिद्धारा अचार उत्पादन तालिम सुरु

नेकपा एमाले नौकुण्ड काठमाडौं सम्पर्क कमिटिद्धारा अचार उत्पादन तालिम सुरु


काठमाडौं । नेकपा (एमाले) नौकुण्ड गाउँपालिका काठमाडौं सम्पर्क कमिटिद्धारा अचार उत्पादन तालिम सुरु गरेका छन् । नेकपा एमाले नौकुण्ड काठमाडौं सम्पर्क कमिटीको आयोजनामा काठमाडौंको माछापोखरीमा ७ दिने अचार उत्पादन तालिम सुरु गरेको हो ।

नेकपा एमालेले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा यूवालाई सहभागी गराउनुपर्नेमा जोडदिदै नेकपा एमालेका पुर्वमन्त्री एवं स्थायी कमिटी सदस्य लालबाबु पण्डितले अचार उत्पादन तालिमको उदघाट्न गरेका थिए । ‘सीप सिकौं, स्वदेशमै आत्मनिर्भर बनौं ‘ भन्ने नाराका साथ सुरुभएको तालिममा नौकुण्ड गाउँपालिकाबाट काठमाण्डौ बसोबास गर्ने २०जना सहभागी रहेको नौकुण्ड काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष शरण ग्याम्देनले बताए । नौकुण्ड गाउँपालिकाबाट बैदेशिक रोजगारका लागि विदेश जाने यूवा समूहलाई रोक्न र देशमै रोजगार सिर्जना गर्न एमालेले महत्वपूर्ण भुमिका निर्वाह गर्दै यस्ता सिपमुलक तालिमहरु गर्दै जाने नेकपा एमाले रसुवा जिल्ला कमिटी सदस्य डिल्लीराज तामाङले बताएका छन् ।

कार्यक्रममा यूवाहरुलाई राजनीतिक गतिविधीमा मात्रै नभई सामाजिक कार्यमा समेत लगाउनुपर्ने रेडियो रसुवाका अध्यक्ष एवं यूवा नेता दिपक तामाङले बताएका छन् । तामाङले यूवाहरुलाई स्वरोजगार बनाउन राजनीतिक दलहरुले उत्पादनमुलक काममा लगाउनु पर्ने बताए । यसैगरी सहभागीहरुले उत्पादन गरेको अचार तथा अन्य उत्पादनहरुको बजार व्यवस्थानलाई आफुले सहयोग गर्ने नेकपा एमाले रसुवा जिल्ला कमिटी सदस्य सृजना तामाङले बताए ।

तालिमलाई अचार ब्यबसाय मिरा बजगाई र सुभद्रा न्यौपानेको प्रशिक्षकको रुपमा सहजीकरण गरेका छन् । उद्द्दाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय समन्वय कमिटी संयोजक श्याम बस्नेत, बागमती समन्वय कमिटी अध्यक्ष अशोक कुमार ठाकुरी नेकपा एमाले रसुवाका उपाध्यक्ष डिल्ली सुबेदी लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  ४ : ३५ बजे

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क

रोपाइँको मुखमा किसानलाई मल–बीउ उपलब्ध गराउन एमालेको माग

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश कमिटीले धान रोपाइँ तथा