२०८३, १० कार्तिक मंगलबार

नेकपा एमाले नौकुण्ड काठमाडौं सम्पर्क कमिटिद्धारा अचार उत्पादन तालिम सुरु

नेकपा एमाले नौकुण्ड काठमाडौं सम्पर्क कमिटिद्धारा अचार उत्पादन तालिम सुरु


काठमाडौं । नेकपा (एमाले) नौकुण्ड गाउँपालिका काठमाडौं सम्पर्क कमिटिद्धारा अचार उत्पादन तालिम सुरु गरेका छन् । नेकपा एमाले नौकुण्ड काठमाडौं सम्पर्क कमिटीको आयोजनामा काठमाडौंको माछापोखरीमा ७ दिने अचार उत्पादन तालिम सुरु गरेको हो ।

नेकपा एमालेले समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा यूवालाई सहभागी गराउनुपर्नेमा जोडदिदै नेकपा एमालेका पुर्वमन्त्री एवं स्थायी कमिटी सदस्य लालबाबु पण्डितले अचार उत्पादन तालिमको उदघाट्न गरेका थिए । ‘सीप सिकौं, स्वदेशमै आत्मनिर्भर बनौं ‘ भन्ने नाराका साथ सुरुभएको तालिममा नौकुण्ड गाउँपालिकाबाट काठमाण्डौ बसोबास गर्ने २०जना सहभागी रहेको नौकुण्ड काठमाडौं सम्पर्क कमिटीका अध्यक्ष शरण ग्याम्देनले बताए । नौकुण्ड गाउँपालिकाबाट बैदेशिक रोजगारका लागि विदेश जाने यूवा समूहलाई रोक्न र देशमै रोजगार सिर्जना गर्न एमालेले महत्वपूर्ण भुमिका निर्वाह गर्दै यस्ता सिपमुलक तालिमहरु गर्दै जाने नेकपा एमाले रसुवा जिल्ला कमिटी सदस्य डिल्लीराज तामाङले बताएका छन् ।

कार्यक्रममा यूवाहरुलाई राजनीतिक गतिविधीमा मात्रै नभई सामाजिक कार्यमा समेत लगाउनुपर्ने रेडियो रसुवाका अध्यक्ष एवं यूवा नेता दिपक तामाङले बताएका छन् । तामाङले यूवाहरुलाई स्वरोजगार बनाउन राजनीतिक दलहरुले उत्पादनमुलक काममा लगाउनु पर्ने बताए । यसैगरी सहभागीहरुले उत्पादन गरेको अचार तथा अन्य उत्पादनहरुको बजार व्यवस्थानलाई आफुले सहयोग गर्ने नेकपा एमाले रसुवा जिल्ला कमिटी सदस्य सृजना तामाङले बताए ।

तालिमलाई अचार ब्यबसाय मिरा बजगाई र सुभद्रा न्यौपानेको प्रशिक्षकको रुपमा सहजीकरण गरेका छन् । उद्द्दाटन कार्यक्रममा नेकपा एमाले केन्द्रीय समन्वय कमिटी संयोजक श्याम बस्नेत, बागमती समन्वय कमिटी अध्यक्ष अशोक कुमार ठाकुरी नेकपा एमाले रसुवाका उपाध्यक्ष डिल्ली सुबेदी लगायतले मन्तव्य राखेका थिए ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  ४ : ३५ बजे

हुम्लामा छाउपडी प्रथा कायमै, अन्त्यका लागि सडक नाटक 

हुम्ला । हिमाली जिल्ला हुम्लामा अझै परम्परागत कुप्रथा छाउपडी यहाँका दुरदराजका

फलामको डण्डा भाँचेर शक्ति प्रदर्शन गर्दै धामीहरु

हुम्ला । हुम्लाको अदानचुली गाउँपालिका–२, श्रीनगर माझ्खाडामा विजया पूर्णिमाको अवसरमा

एमाले राष्ट्रिय भेलाको तयारी तीव्र, ३ हजार १६४ प्रतिनिधि सहभागी हुने

काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २ र ३ गते

कात्तिक १२ देखि जावलाखेलमा १९औँ गोदावरी फूल प्रदर्शनी हुने

काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको

इजरायलमा सत्ताको महासंग्राम, नेतान्याहुको भविष्य मतदाताको हातमा

काठमाडौं । युद्ध, सुरक्षा विफलता र चर्को राजनीतिक विवादको घेरामा