२०८३, २० आश्विन बुधबार

जाजरकोटमा अरिङ्गालले चिलेर दिदीबहिनीको ज्यान गयो

काठमाडौं । जाजरकोटको कुशे गाउँपालिका–१ धाउनीमा अरिङ्गालले चिलेर दुई जना बालिकाको ज्यान गएको छ । ज्यान गुमाउनेमा वीरबहादुर सिंहका दुई छोरीहरु ९ महिनाकी निर्जला सिंह र तीन वर्षीया सुस्मिता सिंह रहेका छन् । सुस्मिताको आइतवार बेलुकी र निर्जलाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा हिजो सोमवार ज्यान गएको टालेगाउँ स्वास्थ्यचौकीका प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयो ।…