२०८३, ९ श्रावण आईतबार

ओखलढुंगामा घर जल्दा एक जनाको मृत्यु

ओखलढुंगामा घर जल्दा एक जनाको मृत्यु


काठमाडौं । ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडानम्बर ७ हर्कपुर बस्ने उमेश गौतमको घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा उमेशकी भाउजू अन्दाजी ३९ वर्षीया कमला दाहाल गौतम रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका सूचना अधिकारी इन्सपेक्टर बालिस्टर सिंहले जानकारी दिए ।

सोमबार अपराह्न साढे चार बजेतिर काठले बेरेको र टिनको छानो भएको एक तले भान्सा घरमा आगलागी भएको थियो । कमलाले चुह्लोमा पेट्रोल प्रयोग गरी आगो बाल्ने क्रममा घर जलेको र उनको घटनास्थलमै ज्यान गएको भनी प्रहरी चौकी हर्कपुरमा खबर पुगेको थियो । लगत्तै घटनास्थलमा पुगेको हर्कपुर प्रहरी टोलीले स्थानीयको सहयोगमा आगो निभाएको थियो ।

प्रहरीका अनुसार आगो निभाउने क्रममा उमेश गौतमकी श्रीमती अन्दाजी २७ वषर्ीया जानुका गौतमको वायाँ खुट्टामा पोलेको छ । उनको उपचार उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ केयरमा भइरहेको छ ।

आगलागीबाट भाँडावर्तन, अन्नपात, काठपात समेत गरी एक लाख रुपैयाँ बराबरको क्षति भएको र आबश्यक कानुनी प्रकृया पूरा गरी मृतक कमला दाहाल गौतमको शव परीक्षणका लागि जिल्ला अस्पताल रुम्जाटार पठाइएको प्रहरी निरीक्षक सिंहले जानकारी दिए ।

घटनास्थल प्रहरी चौकी हर्कपुरबाट एक किलोमिटर पूर्व र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट अन्दाजी ४१ किलोमिटर दक्षिणमा पर्दछ ।

प्रकाशित मिति : २०८०, १४ कार्तिक मंगलबार  ११ : १० बजे

लुम्बिनी सरकारबाट कांग्रेस बाहिरिँदै, पाँच मन्त्रीले आजै राजीनामा दिने

रुपन्देही । नेकपा एमाले र नेकपाबीच सत्ता सहकार्यका लागि सहमति

इरान युद्धमा ट्रम्प प्रशासनभित्रै ‘रणनीतिक विद्रोह’, भान्स र सेना प्रमुखले रोके लामो युद्धको बाटो

काठमाडौं । इरानमाथि करिब दुई सातादेखि जारी अमेरिकी सैन्य कारबाहीमा

पत्रकारमाथि चरित्रहत्या गर्ने कर्मचारीलाई प्रेस चौतारीको कडा चेतावनी

काठमाडौं । समाचार प्रकाशन गरेको विषयलाई लिएर जयपृथ्वी नगरपालिकाका आन्तरिक