काठमाडौं १ माघ : अफगानिस्तानलाई सहयोग सामग्री लिएर नेपाली टोली अफगानिस्तान जाने भएको छ । आइतबार मानवीय सहायता सामग्रीसहितका सामग्री लिएर परराष्ट्र मन्त्रालयको टोली अफगानिस्तानको राजधानी काबुल जाने भएको हो । परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले खाद्यान्न, औषधि, लत्ताकपडासहितका सहयोग सामग्री लिएर नेपाली टोली आइतबार अफगानिस्तान जाने जानकारी दिइन् । अमेरिकी सेनाले अफगानिस्तान छाडेपछि हाल…