२०८३, १ भाद्र मंगलबार

प्रधानमन्त्री प्रचण्डले, जनयुद्धका पीडितसंग माफी माग्नु पर्छ : पूर्व गृहमन्त्री गौतम

प्रधानमन्त्री प्रचण्डले, जनयुद्धका पीडितसंग माफी माग्नु पर्छ : पूर्व गृहमन्त्री गौतम



काठमाडौं । पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमले प्रधानमन्त्री पुष्पकमल दाहालले जनयुद्धका पीडितसँग माफी माग्नुपर्ने बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले, जनयुद्ध पीडितका घरघरमा पुगेर माफी नमागेसम्म आफूले माओवादी प्रवेश सोच्न सम्म पनि नसक्ने बताए ।
तर एमाले र एसमाजवादीमा समाहित हुन आफू तयार रहेको उनको भनाई छ ।
उनले भने, ‘हामी नेपालको सबै कम्युनिष्टहरु बीच एकता गर्न चाहन्छौँ, त्यो भनेको एमालेलाई छोडेर होइन । म नेकपा एमालेमा, एकीकृत समाजवादीमा जानसक्छु । म माओवादी केन्द्रमा जान सक्दिन । किनभने जनयुद्ध कालमा राम्रा काम पनि भए, अत्यन्त नराम्रा काम पनि भए ।’
उनले प्रचण्डले राजनीतिक व्यक्तिको हत्या गल्ती थियो भनेर स्वीकार गरे सोच्न सकिने टिप्पणी गरे ।
‘राजनीतिक व्यक्तिहरुको हत्या गरियो, त्यसलाई माक्र्सवाद भन्छन्, भन्दैनन् । कमरेड प्रचण्डले घरघरमा पीडितका घरमा गएर आफूले गरेको गल्ती हो भनेर राजनीतिक व्यक्तिको हत्या गर्नु गल्ती थियो नभनेसम्म म त्यो पार्टीमा सदस्यता लिएर जान सक्दिन ।’
उनले एमालेले ७० वर्ष उमेर हद हटायो भन्ने कुरा साँचो नभएको भन्दै उमेर हद भनेको संविधानको धारा २४ को विरुद्धमा भएको टिप्पणी गरे ।
उनले भने, ‘संयुक्त रुपमा एउटै पार्टी बनाउने हो भने हामी जानसक्छौँ । नेकपा एमालेले ७० वर्ष उमेर हद हटायो भनियो तर त्यो हटाएको छैन । उमेर हद भनेको यो संविधानको धारा २४ को विरुद्धमा छ । त्यो व्यवस्था उँच, निच, छुवाछुत, जातिपाती, शारीरिक अवस्थामा भेदभाव गर्नेलाई दण्डनीय भनिएको छ । उमेर हद नेपालको संविधान विरोधी छ, त्यो हट्नैपर्छ ।’
उनले समाजवाद ल्याउने घोषणा गरेर निर्वाचनमा गएका पार्टीहरुमा पुँजीवाद भन्दा अरु केही नरहेको जिकिर गरे ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ६ : ४९ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक