२०८३, १ भाद्र मंगलबार

मन्त्रिपरिषद् बैठकले एकै पटक ५८ सहसचिवको सरुवा (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले एकै पटक ५८ सहसचिवको सरुवा (सूचीसहित)


काठमाडौं । सरकारले एकै पटक ५८ जना सहसचिवहरुको अन्तर मन्त्रालय र अन्तर निकायगत सरुवा गरेको छ । मन्त्रिपरिषद् बैठकले ५८ जना सहसचिवहरुलाई संघ, प्रदेश र स्थानीय तहहरुमा नयाँ जिम्मेवारी तोकेको हो । संघीय मामिला मन्त्रालयका सहसचिवहरु बलराम रिज्याललाई गण्डकी प्रदेशको आन्तरिक मामिला मन्त्रालय र हेमराज तामाङलाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा गरिएको छ ।

ठुली भेरी नगरपालिकाको कार्यालय, डोल्पाछार्का ताङसोङ गाउँपालिका, डोल्पाआन्तरिक राजस्व नेपालगंज बाँके संघीय मामिला मन्त्रालयमा सहसचिवहरु सुमन दाहाल र डा नारायणप्रसाद रेग्मी आएका छन् । होमप्रसाद लुइँटेलको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट राष्ट्रिय सूचना आयोगमा सरुवा भएको छ । उमेश ढुंगानाको सार्वजनिक खरिद अनुगमन कार्यालयबाट लुम्बिनी प्रदेशको उद्योग तथा पर्याटन मन्त्रालयमा सरुवा भएको छ । खरिद अनुगमन कार्यालयमा विष्णुप्रसाद शर्मालाई ल्याइएको छ ।

रामहरी ज्ञवालीलाई लुम्बिनीको उद्योग मन्त्रालयबाट राष्ट्रिय प्राकृति स्रोत तथा वित्त आयोगमा सरुवा गरिएको छ । यस्तै दिवश आचार्यलाई राष्ट्रिय सूचना आयोगबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा लगिएको छ । सुशील ढकाललाई प्रदेश प्रमुखको कार्यालय बाग्मती, प्रदीप परियारलाई राष्ट्रिय योजना आयोग, बिनु बज्राचार्य कुँवरलाई शहरी विकास मन्त्रालय, कृष्णप्रसाद पन्थलाई राष्ट्रिय सतर्कता केन्द्र, अरुण पोखरेललाई आर्थिक मामिला मन्त्रालय सुदूरपश्चिममा सरुवा गरेको छ ।

यस्तै, यमुना प्रधानलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय गण्डकी, महेश अचार्यलाई अर्थ मन्त्रालय, प्रकाश दाहाललाई आन्तरिक मामिला तथा योजना मन्त्रालय बाग्मती, उद्धवप्रसाद रिजाललाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र ज्ञानराज सुवेदी तथा शिवप्रसाद रेग्मीलाई भूमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्रालयमा सरुवा गरिएको छ ।

त्यसैगरी बैकुण्ठनिधि शर्मालाई आन्तरिक मामिला मन्त्रालय सुदूरपश्चिम, महेश बराललाई राष्ट्रिय योजना आयोग, प्रदीपकुमार कोइरालालाई वन तथा वातावरण मन्त्रालय, यज्ञप्रसाद ढुंगेल र शिवराम न्यौपोनेलाई लोकसेवा आयोगमा सरुवा गरेको छ । तोयारनारयाण सुवेदीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, मनोजकुमार आचार्यलाई रक्षा मन्त्रालय, तीर्थराज चिलवाललाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा सरेश न्यौपानेसहित माधव प्रसाद पोखरेललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा पठाइएको छ ।

बद्रीकुमार कार्कीलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय कोशी, शिवराम गेलालसहित टुवराज पोखरेललाई गृह मन्त्रालय, बद्रीनाथ अधिकारीलाई सामाजिक विकास मन्त्रालय गण्डकी, कृष्णप्रसाद सापकोटालाई भूमि व्यवस्था सहकरी तथा गरिबी निवारण मन्त्रालय, मनमाया पंगेनी भट्टराईलाई राष्ट्रिय योजना आयोगमा पठाइएको छ ।

यस्तै, ओमबहादुर खड्कालाई नेपालगञ्ज उपमहानगरपालिका, सुशील वैद्यसहित झलकराम अधिकारी र तुल्सीराम भट्टराईलाई संघीय मामिला मन्त्रालयको अतिरिक्त समूह, उद्धबहादुर घिमिरेसहित मोहनराज काफ्लेलाई वन तथा वातावरण मन्त्रालय, डा। नम्रता सिंहलाई कृषि तथा पशुपन्छी विकास मन्त्रालय, शरणकुमार पाण्डेलाई मधेश प्रदेशको भूमि व्यवस्था मन्त्रालय र राजेन्द्र कोइरालालाई बाग्मतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।

रवीन्द्र बोहोराले सार्वजनिक खरिद अनुगमन कार्यालय, निरा रिजालले शहरी विकास मन्त्रालय, तुल्सीराम भट्टराईले भौतिक पूर्वाधार विकास मन्त्रालय गण्डकी, डा। सन्तोष कैनीलाई ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालय, राजेनद्रप्रसाद भण्डारीले लुम्बिनीको खानेपानी मन्त्रालय, गणेशराज वस्तीले ऊर्जा जलस्रोत तथा खानेपानी मन्त्रालय गण्डकी, जकी अहमद अन्सारीले खानेपानी मन्त्रालय, इन्द्रदेव भट्टले बाग्मतीको खानेपानी मन्त्रालय र मोहनकुमार शाक्यले ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयमा जिम्मेवारी पाएका छन् ।

जीवनाथ पौडेलले सुदूरपश्चिमको उद्योग पर्यटन मन्यालय, वेदकुमार ढकालले वन तथा वातावरण मन्त्रालय, अशोकुमार साहले मधेश प्रदेशको भौतिक पूर्वाधार मन्त्रालय र डा। सञ्जीवकुमार राईले वन तथा वातावरण मन्त्रालयमा सरुवा पाएका

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  १२ : ५७ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक