२०८३, २५ भाद्र शुक्रबार

जनजातिका महासंघ महासचिव गुरुङको आरोप : कांग्रेसलाई दलाल पूँजीवादको मतियार

जनजातिका महासंघ महासचिव गुरुङको आरोप : कांग्रेसलाई दलाल पूँजीवादको मतियार


काठमाडौं । लोकतान्त्रिक आदिवासी जनजाति महासंघ नेपालका महासचिव पेम्बा गुरुङ भोटेले एमाले बाहेक अन्य दल सिद्धान्तविहीन भएको आरोप लगाएका छन् ।
महासंघ केन्द्रीय कमिटि दोस्रो पूर्ण बैठकमा महासचिव पेम्बा गुरुङ भोटेले राजनीतिक तथा सांगठनिक प्रतिवेदनमार्फत एमाले बाहेकका अन्यदलमाथि आरोप नै आरोप थुपारिएको छ ।
मंगलबार बसेको बैठकमा भोटेले प्रस्तुत गरेको राष्ट्रिय राजनीतिक परिस्थितिको विषयमा प्रस्तुत प्रतिवेदनमा एमालेलाई घेराबन्दीमा पारेकोदेखि अन्य राजनीतिक दलहरुलाई विचार नीति र सिद्धान्तविहीन देखाइएको छ ।
प्रस्तुत प्रतिवेदनमा, राजनीतिक दलप्रतिको दृष्टिकोण राख्दै महासंघले नेकपा माओवादी केन्द्रलाई अवसरवादको पराकाष्ठको रुपमा चित्रण गरिएको छ ।
त्यस्तै, कांग्रेसलाई दलाल पूँजीवादको मतियार, राष्ट्रिय प्रजातान्त्रिक पार्टीलाई दक्षिणपन्थ, दर्शन, सिद्धान्त र बिचारबिहीन नयाँ राजनीतिक दलहरु, तथा मधेश केन्द्रीत पूराना दललाई पहिचानको आन्दोलनको नाममा निषेधको राजनीति गर्ने दलको रुपमा चित्रण गरिएको छ ।
महासंघको संगठनात्मक अवस्था र भावी कार्ययोजनाको बारेमा भने नेपालको आदिवासी जनजाति आन्दोलनलाई ठोस दिशा निर्देश सहित सफलतामा पुर्याउने चर्चा गरिएको छ ।
महासचिव भोटेले महासंघलाई बहुसंख्यक आदिवासी जनजाति समुदायको साझा संगठनको रुपमा विकसित र स्थापित गर्न सौद्धान्तिक,बैचारिक तथा संगठनात्मक काम विविध कार्य गर्ने, प्रचारात्कम तथा आर्थिक व्यवस्थापन गर्ने सम्मका विषय उल्लेख गरेका छन् ।
कार्यक्रममा सहभागी पासाङ शेर्पाले, महासचिवद्वारा आज प्रस्तुत राजनीतिक प्रतिवेदनलाई सुझाव सहित अन्तिम रुप दिलाएर बुकलेटको रुपमा प्रकाशन गर्ने जानकारी दिए ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  १० : ४० बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको