२०८३, ४ कार्तिक बुधबार

बिमस्टेक बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किए गृहमन्त्री गुरुङ

काठमाडौं। गृहमन्त्री सुधन गुरुङ बंगालको खाडी बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोग पहल (बिमस्टेक) को बैठकमा सहभागी हुन भारत भ्रमणमा निस्किएका छन्। गृहमन्त्री गुरुङ केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका हुन्। उनी बिमस्टेकअन्तर्गत आयोजना हुने बैठकमा सहभागी हुन भारत जान लागेका हुन्। बैठकमा नेपालसहित सात सदस्य राष्ट्रका गृहमन्त्री सहभागी हुनेछन्। सहभागी हुने देशमा बंगलादेश, भुटान, भारत, म्यानमार,…