कास्की, १८ कात्तिक: युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नु आवश्यक रहेकामा जोड दिनुभएको छ । नेशनल प्रोग्राम सेन्टरले यहाँ आयोजना गरेको ‘विद्यालयमा मनोविज्ञान’ विषयक दुई दिवसीय कार्यशाला गोष्ठीमा मन्त्री विश्वकर्माले विद्यालयलाई सवल बनाउन र सिक्ने सिकाउने प्रणालीलाई प्रभावकारी बनाउन पनि मनोविज्ञानले काम गर्ने बताउनुभयो । गण्डकी प्रदेशसभा सदस्य मित्रकुमारी सुवेदीले शिक्षकले…