२०८३, १८ आश्विन सोमबार

मनोविज्ञानअनुसार शिक्षण आवश्यक : मन्त्री विश्वकर्मा

मनोविज्ञानअनुसार शिक्षण आवश्यक : मन्त्री विश्वकर्मा


कास्की, १८ कात्तिक: युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले विद्यार्थीको मनोभावना बुझेर शिक्षण गर्नु आवश्यक रहेकामा जोड दिनुभएको छ । नेशनल प्रोग्राम सेन्टरले यहाँ आयोजना गरेको ‘विद्यालयमा मनोविज्ञान’ विषयक दुई दिवसीय कार्यशाला गोष्ठीमा मन्त्री विश्वकर्माले विद्यालयलाई सवल बनाउन र सिक्ने सिकाउने प्रणालीलाई प्रभावकारी बनाउन पनि मनोविज्ञानले काम गर्ने बताउनुभयो ।

गण्डकी प्रदेशसभा सदस्य मित्रकुमारी सुवेदीले शिक्षकले विद्यार्थीको मनोविज्ञानअनुसार शिक्षण गरे सिकाइको लक्ष्य हासिल हुने भनाइ राख्नुभयो । प्रमुख प्रशिक्षक एवं मानसिक रोग विशेषज्ञ प्राध्यापक डा सुशील कँडेलले विद्यालयमा मनोविज्ञानको आवश्यकता, महत्व र सिकाइलाई मनोविज्ञान बुझेर कसरी प्रभावकारी बनाउने भन्नेबारेमा सहभागीलाई अभिमुखीकरण गर्नुभएको थियो । कार्यक्रममा देशभरबाट सामुदायिक तथा निजी गरी ८० विद्यालयका १८७ जना शिक्षक सहभागी थिए ।
-रासस

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ७ : ४७ बजे

महाधिवेशनको दोस्रो दिन : सवा ९ बजेबाट बन्दसत्र सुरु

काठमाडौं । नेपाली कांग्रेसको महाधिवेशन आज (सोमबार) दोस्रो दिन पनि

२४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ७०१ जनालाई कारबाही

काठमाडौं । ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ७०१ वटा सवारीसाधनका

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय

सन्तानको दीर्घायुका लागि आमाको कठोर तपस्या नै जितिया पर्वको विशेषता हो : रामदयाल राकेश

काठमाडौं । देशभर अहिले दशैं, तिहार र छठलगायतका पर्वको मौसम

अनेमसंघ काभ्रेको नेतृत्वमा पवित्रा भुर्तेल, यस्तो बन्यो नयाँ कमिटी

काभ्रे । अखिल नेपाल महिला संघ (अनेमसंघ) काभ्रेपलाञ्चोकको नेतृत्वमा पवित्रा