२०८२, २५ असार बुधबार

मन्त्रीको भिसा च्यातिएपछि बेलायत भ्रमण नै रद्द

मन्त्रीको भिसा च्यातिएपछि बेलायत भ्रमण नै रद्द


काठमाडौं , कात्तिक १८ :संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्र अधिकारीको बेलायत भ्रमण रद्द भएको छ ।बेलायतले नेपालीका लागि भिसा भारतस्थित दूतावासबाट दिने गरेको छ । आजको नेपाल समाचापत्रले पहिलो पृष्ठमा समाचार छापेको छ ।भारतीय दूतावासले मन्त्री अधिकारीलाई उपलब्ध गराएको भिसा च्यातिएको पाइएपछि उनको शनिबार हुने भनिएको भ्रमण नै रद्द भएको छ ।

नोभेम्बर ५ देखि ७ सम्म लन्डनमा आयोजना हुने विश्व पर्यटन मेलामा नेपालका तर्फबाट सहभागी हुन जान लागेका मन्त्री अधिकारीलाई भीएफएस ग्लोबल नेपालले च्यातिएको भिसासहितको राहदानी दिएपछि उनको भ्रमण रद्द भएको हो ।

भिषा स्टिकर टाँसेपछि च्यातिएको देखिन्छ। भिषा स्टिकर च्यातेपछि फेरि जर्बजस्ती टाँस्दा नमिलेको प्रस्ट देखिन्छ। त्यसपछि भिषालाई रद्द गर्ने संकेतस्वरुप रातो मसीको कलमले कट्टी गरिएको छ। भिसा लागेको राहदानी लापरबाहीका कारण च्यातिएको मन्त्रीको सचिवालय सदस्य ध्रुव पोखरेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ६ : ५० बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज