२०८२, ३ श्रावण शनिबार

साख्वा र नेपाल संवत्बारे अध्ययनअनुसन्धान हुनुपर्छ: उपप्रधानमन्त्री पोखरेल

साख्वा र नेपाल संवत्बारे अध्ययनअनुसन्धान हुनुपर्छ: उपप्रधानमन्त्री पोखरेल


काठमाडौँ, १८ कात्तिक: उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल संवत्को मौलिक पक्षको संरक्षण गर्नुपर्ने बताउनुभएको छ । धूम्रबाराहीस्थित नेकपा कार्यालयमा नेपाल संवत् ११३९ न्हूदँ समारोह समितिका पदाधिकारीसँगको भेटघाटमा रक्षामन्त्री पोखरेलले उक्त संवत्का प्रवत्र्तक शङ्खधर साख्वाको योगदानबारे थप अनुसन्धान गरेर विद्यालयस्तरीय पाठ्यक्रम विकास गरी अध्ययनअध्यापन गराउनुपर्ने तथा नेपाल संवत्को महत्व र विशेषताबारे लिखित सामग्री सबै भाषामा अनुवाद गर्नुपर्ने विचार व्यक्त गर्नुभयो ।

उक्त समितिले नेपाल संवत्लाई राष्ट्रिय संवत्का रुपमा व्यावहारिक रुपमा कार्यान्वयन गर्न माग गरेको छ । यसअघि सरकारले जनताको ऋणमोचन गरी जनस्तरबाट देशकै नाममा नेसं चलाएको हुँदा उहाँलाई राष्ट्रिय विभूति घोषणा गर्नाका साथै नेसंलाई मान्यता दिइसकेको छ । गोबद्र्धन पूजाका दिन नेपाल संवत्को नयाँ वर्ष मनाइन्छ । यसैबीच सो संवत्का सन्दर्भमा आज साँझ सुकुन्दा पदयात्रासमेत गरिएको छ ।

प्रकाशित मिति : २०७५, १८ कार्तिक आईतबार  ६ : ४० बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै