काठमाडौं, २२ भदौं प्रधानमन्त्री केपी शर्मा ओलीले एक्काइसौं शताब्दीमा नागरिकका अपेक्षा सम्बोधनका लागि घरदैलोमा गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितता गर्न राष्ट्रसेवक कर्मचारीलाई आह्वान गर्नुभएको छ । १५औँ निजामती सेवा दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री ओलीले सो आग्रह गर्नुभएको हो । ‘नतिजामुखी प्रशासन स् समृद्धि र सुशासन’ भन्ने नाराका साथ मनाइएको ‘निजामती सेवा दिवस, २०७५’ का अवसरमा…