२०८२, २ श्रावण शुक्रबार

काङ्ग्रेस महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म

काङ्ग्रेस महासमिति बैठक मङ्सिर २८ देखि पुस ३ सम्म


काठमाडौँ, २० कार्तिक : प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसको आजको केन्द्रीय कार्यसमितिको बैठकले पार्टीको महासमिति बैठकको मिति सार्ने निर्णय गरेको छ ।

अपराह्न १ बजेदेखि पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले मङ्सिर ५ देखि ९ गतेसम्म तोकिएको बैठक मङ्सिर २८ देखि पुस ३ गतेसम्म राजधानीमा गर्ने निर्णय गरेको हो ।

बैठकले विधान संशोधन मस्यौदामाथि केन्द्रीय समितिमा छलफल गर्न समय अपुग भएको भन्दै पछाडि सार्ने निर्णय गरेको पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

बैठकले नेपाल लोकतान्त्रिक फोरमसँग पार्टी एकीकरणका क्रममा भएको सहमतिअनुसार नेता विजयकुमार गच्छदारलाई उपसभापति बनाउने निर्णय पनि गरेको छ ।

बाँकी सहमति कार्यान्वयनका सन्दर्भमा अध्ययन गर्न उपसभापति विमलेन्द्र निधिको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरिएको छ ।

यसैगरी पार्टीको लेखापरीक्षण समितिका संयोजकमा केन्द्रीय सदस्य श्याम घिमिरेलाई मनोनयन गर्ने निर्णय गरिएको प्रवक्ता शर्माले जानकारी दिनुभयो ।

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ५ : ११ बजे

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको

एमालेमा वरिष्ठ उपाध्यक्ष खारेज गर्दै ११ सदस्यीय पदाधिकारी र १९९ सदस्यीय केन्द्रीय समिति हुने

काठमाडौं । सत्तारुढ नेकपा एमालेले सचिवालयमा गरमागरम बहश भएको छ ।

काठमाडौँमा डेङ्गीको जोखिम बढ्यो, सचेत रहन आग्रह

काठमाडौं । नियमित पानी परेकाले डेङ्गी सङ्क्रमणको जोखिम बढेको भन्दै