२०८२, २१ असार शनिबार

नेपालको कम्युनिष्ट एकता दूरगामी घटना : महासचिव पौडेल

नेपालको कम्युनिष्ट एकता दूरगामी घटना : महासचिव पौडेल


बनेपा, २० कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले नेपालको कम्युनिष्टहरुको एकता दूरगामी महत्वको घटना भएको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) काभ्रेपलाञ्चोक जिल्ला कमिटीले आज बनेपामा आयोजना गरिएको शुभकामना आदान÷प्रदान तथा चियापान कार्यक्रममा उहाँले पूर्वनेकपा माओवादी केन्द्र र नेकपा एमालेबीचको एकता नेपालका कम्युनिष्ट आन्लदोनप्रति जानकारी तथा रुचि राख्ने संसारका प्रगतिवादी देशले जिज्ञासा राख्ने गरेको उल्लेख गर्नुुभयो ।

मङ्सिर महीनाभित्रमा सबै तहका पार्टी सङ्गठन एकता गरिसकिने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले आगामी मङ्सिरको दोस्रो सातासम्ममा प्रदेशअन्तर्गतका पार्टी कमिटी घोषणा गरिसक्छौँ ।” पार्टीका नेता कार्यकर्तालाई उपयुक्त जिम्मेवारी दिएर एकता हुने उहाँको भनाइ थियो । पार्टीको केन्द्रीय योजनाअनुसार कामकार्वाही गर्न सबै नेता तथा कार्यकर्तालाई महासचिव पौडेलले निर्देशनसमेत दिनुभयो । उहाँले सरकारको कामको नराम्रो टिप्पणीको पछि नलाग्न आग्रह गर्दै सरकारले राम्रो काम गरेको र राम्रो नतिजा दिने ठोकुवा गर्नुभयो ।

कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले अहिले देशको दिगो विकासको जग हालिरहेको बताउनुभयो । उहाँले तीन तहको सरकारले त्यही ढङ्गले विकासका काममा लगानी गरिरहेकाले विकासको कामले गति लिइरहेको उल्लेख गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, २० कार्तिक मंगलबार  ७ : ३२ बजे

सहिदभूमिमा सरसफाई अभियान

धनकुटा । सहिदभूमि गाउँपालिका्को वडा न ६ स्थिति स्थानीय बिहानी

सिङ्गापुरलाई हराउँदै नेपालले जित्यो इस्ट जोन कपको उपाधि

काठमाडौं । नेपालले एसिसी यू–१६ इस्ट जोन कप क्रिकेट प्रतियोगिताको

प्रधानमन्त्रीसँग मलेसियन व्यवसायीको भेट

काठमाडौँ । नेपालमा लगानीका सम्भावना र अवसरबारे मलेसियाली व्यवसायीहरूले प्रधानमन्त्री

एनआईसी एशिया र एनसीएचएलबीच सम्झौता

काठमाडौं । एनआईसी एशिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड

महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न