२०८२, २४ असार मंगलबार

नेपाल विश्वको अध्ययनको सन्दर्भ सामग्री : प्रवक्ता श्रेष्ठ

नेपाल विश्वको अध्ययनको सन्दर्भ सामग्री : प्रवक्ता श्रेष्ठ


बनेपा, १९ कात्तिक: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल विश्वका कम्युनिष्टका लागि अध्ययनको सन्दर्भ सामग्री भएको बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा नेकपा धुलिखेल नगर कमिटीले आज आयोजना गरेको तिहार, छठ र नेपाल संवत्का अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले नेपालको लोकतन्त्र सशस्त्र सङ्घर्ष, जनयुद्ध, जनआन्दोलन र शान्ति प्रक्रियाको बाटोबाट अगाडि बढेकाले नेपाल विश्वका लागि अध्ययनको सन्दर्भ सामग्री भएको जिकिर गर्नुभयो ।

नेता श्रेष्ठले नेपालमा बनेको तीन तहको सरकार गठन गर्ने शक्तिका रुपमा नेकपा स्थापना भएको उल्लेख गर्दै नेपाल विश्व कम्युनिष्ट आन्दोलनका लागि नयाँ आयाम भएको बताउनुभयो । नेपाली समाजले राजनीतिक क्रान्ति पूरा गरेर नयाँ चरणमा प्रवेश गरिसकेको उहाँको भनाइ थियो ।

उहाँले पार्टीलाई तल्लो तहसम्मको एकीकरण गर्न नसकेकै कारण लाखौँ नेता कार्यकर्ता जिम्मेवारीविहीन भएर बस्नुपरेको र सोचेजस्तो काम गर्न नसकिएकोले त्यसको दोष पार्टी नेतृत्व र सचिवालयले लिनुपर्ने बताउनुभयो । उहाँले सांस्कृतिक पर्वले दिएको सकारात्मक प्रभाव जीवन व्यवहारमा उपयोग गर्न र नकारात्मक पक्षको विकासलाई नियन्त्रण गर्दै अगाडि बढ्न आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, १९ कार्तिक सोमबार  ९ : २४ बजे

रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ भयो : अध्यक्ष कैसाङ नुर्पु तामाङ

काठमाडौं । रसुवामा बाटो अवरुद्ध हुँदा राहत र उद्धारमा कठिनाइ

बनेपा–नाला–भक्तपुर सडकखण्ड फेरी अवरुद्ध

काठमाडौं । सोमबार राति भएको वर्षासँगै आएको बाढीले बनेपा–नाला–भक्तपुर सडकखण्ड

आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै

काठमाडौं । आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दैछ ।

रसुवागढी भन्सार कार्यालयको यार्डमा फसेका ९ जनाको सकुसल उद्धार

काठमाडौं । रसुवाको गोसाइकुण्ड गा.पा. वडा नं.२ स्थित रसुवागढीको भन्सार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज