२०८२, ८ फाल्गुन शुक्रबार

अबको निकास समृद्धि र विकासः मन्त्री विष्ट

गुल्मी १६ कात्तिक: श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले अबको केही वर्षमा श्रम बेच्न विदेश भौतारिनु नपर्ने बताउनुभएको छ । गुल्मी मालिका गाउँपालिका–८ मरभुङ सिमलटारीस्थित स्वास्थ्यचौकी भवनको आज उद्घाटन गर्दै उहाँले नयाँ संविधान र सङ्घीयताको कार्यान्वयनसँगै तीन तहको निर्वाचन, त्यसको व्यवस्थापन तथा कानून निर्माणलगायतका काम भएको र अबको निकास समृद्धि र विकास भएको बताउनुभयो…