२०८३, ३ आश्विन आईतबार

‘समृद्धि कृषिबाटै खोज्नुपर्छ’: मुख्यमन्त्री गुरुङ

‘समृद्धि कृषिबाटै खोज्नुपर्छ’: मुख्यमन्त्री गुरुङ


लमजुङ, ३ मङ्सिर:गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कृषिबाटै समृद्धि खोज्नुपर्नेमा जोड दिनुभएको छ । मस्र्याङ्दी गाउँपालिकाले आयोजना गरेको प्रथम ‘मस्र्याङ्दी महोत्सव’को आज उद्घाटन गर्दै उहाँले प्रत्येक गाउँलाई आर्थिक गतिविधिको केन्द्र बनाइनुपर्ने बताउनुभयो । गण्डकी प्रदेशका ३०० गाउँमा होमस्टे सञ्चालन गर्ने योजनासहित ३० करोड बजेट विनियोजन गरिएको उहाँले जानकारी गराउनुभयो । प्रदेशका ५० हजार मासिनलाई स्वरोजगार बनाउने प्रदेशको योजना रहेको उहाँले बताउनुभयो ।

“गाउँमा आउने पाहुनालाई स्वागत सत्कार र होमस्टेमा बासको व्यवस्था तपाईंले गर्नुस्, होमस्टेसम्म पुग्ने पूर्वाधार निर्माण गर्न प्रदेश सरकार तत्पर छ ।”, उहाँले भन्नुभयो, “नेपालकै पहिलो होमस्टे सिरुवारी होमस्टेका रुपमा देश तथा विदेशसम्म प्रचार भएको एशियाकै नमूना होमस्टे लमजुङको घलेगाउँमा छ ।”

अन्नपूर्ण पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिकाको मुख्य आम्दानी कृषि र पर्यटन भएको उहाँको भनाइ थियो । उक्त महोत्सवमा गण्डकी प्रदेशसभा सदस्य मायानाथ अधिकारी, धनञ्जय दवाडी र मधु अधिकारी गुरुङले गाउँपालिकाको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको थियो । महोत्सव मङ्सिर ६ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ७ : ४१ बजे

सिंहदरबार र सर्वोच्च जलाउने गणतन्त्रको औचित्य छैन : डा. सुरेन्द्र भण्डारी

काठमाडौं । संविधान दिवसको अवसरमा शनिबार रिपोर्टर्स क्लब नेपालमा ‘संविधानको

राप्रपा काठमाडौं–१ ले केसीलाई बधाई दियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) काठमाडौं क्षेत्र नं. १

अन्तर्राष्ट्रिय सहयोग जुटाउँदै अर्थमन्त्री डा.वाग्ले, पुनर्निर्माणका लागि पाँच अर्ब डलर आवश्यक

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विनाशकारी बाढीपहिरोपछि उद्धार तथा

एसियन गेम्स खेल्ने नेपाली क्रिकेट टोलीको बिदाइ, पदक जित्ने लक्ष्य

काठमाडौं । २० औं एसियन गेम्समा सहभागी हुन जापान जाने

भौगोलिक रूपले मात्रै होइन, राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौँ : पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल भौगोलिक र राजनीतिक दुवै