२०८३, २४ आश्विन आईतबार

‘सङ्घीयता धरापमा पारियो’: डा कोइराला

‘सङ्घीयता धरापमा पारियो’: डा कोइराला


फिक्कल, ३ मङ्सिर : नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले सङ्घीयता धरापमा पार्ने काममा सरकार आफैँ लागेको आरोप लगाउनुभएको छ । इलामको माई नगरपालिका–२ दानावारीमा स्थापना गरिएको बिपी कोइरालाको शालिक अनावरण कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले भन्नुभयो, “प्रदेश सरकारलाई काम नदिनु तथा प्रधानमन्त्री आफैँले सबै अधिकार लिन खोज्नु सङ्घीयता धरापमा पार्ने कार्य हो ।”

नेता कोइरालाले सङ्घीयताअनुसार स्थानीय तथा प्रदेश सरकारलाई परिचालन गर्न नसक्नु र संविधानको मर्म एवम् भावनाअनुसार अधिकार बाँडफाँट नगर्नुले सरकार आफैँ सङ्घीयता विरुद्धमा रहेको देखाएको बताउनुभयो । उहाँले अब काङ्ग्रेस सुध्रिने र जनताको पक्षमा काम गर्ने दावी गर्नुभयो ।

कार्यक्रममा काङ्ग्रेस माई नगरपालिका कार्यसमिति इलामले आयोजना गरेको कार्यक्रममा काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता परियार, प्रदेश नं १ का मुख्य सचेतक केदार कार्की, पूर्वसांसद केशव थापा, नेका इलाम सभापति हिमालय कर्माचार्य, नेपाल शिक्षक सङ्घ प्रदेश नं १ का अध्यक्ष पूर्णप्रसाद गौतमलगायतले मन्तव्य राख्दै सरकारका राम्रा पक्षलाई समर्थन र नराम्रा कामलाई विरोध गर्न जनतालाई पनि आग्रह गर्नुभयो ।
-रासस

प्रकाशित मिति : २०७५, ३ मंसिर सोमबार  ७ : २४ बजे

प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय अधिवेशन नोभेम्बर ४ र ५ मा काठमाडौंमा

विश्वभरबाट ४०० भन्दा बढी प्रतिनिधि सहभागी हुने, नयाँ नेतृत्व चयन

एमालेविरुद्ध भ्रम फैलाउने प्रयास भइरहेको राजन भट्टराईको आरोप, प्रतिवादमा उत्रिन प्रवासी नेपाली मञ्चलाई आग्रह

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सचिव राजन भट्टराईले एमालेविरुद्ध योजनाबद्ध

बजेटविहीनताको अन्योल चिर्दै सुदूरपश्चिममा ३७ अर्ब ७० करोडको बजेट पुनः प्रस्तुत

धनगढी । लामो समयदेखि बजेटविहीनताको अवस्थामा रहेको सुदूरपश्चिम प्रदेश सरकारले

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरू

एक लाख राशीको सूर्यविनायक अन्तर वडास्तरीय फुटवल प्रतियोगिता सुरूभक्तपुर २५