काठमाडौं, पुस १३: सर्वोच्चको आदेशमा अघिल्लो सातामात्रै थुनामुक्त भएका गुण्डा नाइके राजिव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा सपथग्रहणका लागि निवेदन दिएका छन् । मनाङेले बिहीबार अर्का व्यक्तिमार्फत प्रदेशसभामा लिखित निवेदन दर्ता गराएका हुन् । प्रदेशसभा सचिवालयका उपसचिव नारायणप्रसाद अधिकारीका अनुसार सपथग्रहण गरिपाउँ भन्ने निवेदन प्रदेशसभा सचिवालयमा दर्ता भएको छ ।निवेदन दर्ता भए पनि बाँकी…