२०८३, १ आश्विन शुक्रबार

गगन थापाद्वारा गठबन्धनको चुनावी सभा बहिष्कार : रेनु दाहाललाई भोट माग्न शेखर कोइरालाद्वारा अस्वीकार

गगन थापाद्वारा गठबन्धनको चुनावी सभा बहिष्कार : रेनु दाहाललाई भोट माग्न शेखर कोइरालाद्वारा अस्वीकार


चितवन  २२   बैशाख  : नेपाली कांग्रेसका प्रभावशाली नेताद्धय डा. शेखर कोइराला र गगन थापा पुष्ष्पकमल दाहाल प्रचण्डकी छोरी रेणु दाहाललाई भोट माग्न अस्वीकार गर्नुभएको छ । सोही कारण दुवै नेताले रेनुलाई भोट माग्न आज आयोजित सभा बहिष्कार गर्नुभएको छ ।

आज चितवनको भरतपुरमा सरकारी गठबन्धनले गरेको आमसभामा दुवै नेता अनुपस्थित हुनुभएको हो । डा। शेखर र गगनलाई आमसभामा सहभागी गराएर छोरी रेणुका लागि भोट माग्न लगाउन प्रचण्डले प्रयास गर्नुभएको थियो । शेखर र गगनले पनि आमसभामा बोल्ने भनेर गठवन्धनले व्यापक प्रचार गरेको थियो । विशेषगरी माओवादी कार्यकर्ताहरुले शेखर र गगन आमसभामा आउने भनेर सवैतिर प्रचार गरेका थिए ।

हिजो विराटनगरमा भएको कार्यक्रमलाई सम्बोधन गर्न पुगेका कांग्रेसका नेता शेखर कोइराला, महामन्त्री गगन थापा लगाएतका नेताले आज भरतपुरको कार्यक्रममा सहभागिता नजनाउनुभएको हो । शेखर र गगनलाई आमसभामा लैजान प्रचण्डले आज बिहानसम्म प्रयास गर्नुभएको थियो । स्रोत अनुसार आज बिहान पनि प्रचण्डले शेखर र गगनलाई आमसभामा आएर भोट मागिदिन अनुनय गर्नुभएको हो । तर, दुवै जनाले रेनु जिताउन नसकिने भन्दै सभामा जान अस्वीकार गर्नुभएको बुझिएको छ ।

आजको आमसभामा कांग्रेसका सबै प्रभावशाली नेताहरुलाई उपस्थित गराउने प्रचण्डको योजना थियो । त्यही भएकाले शेखर र गगनलाई प्रचण्डले चितवन गइदिन दुई सातादेखि विशेष अनुरोध गरिरहनुभएको थियो । प्रचण्डको अनुरोध थियो– एकपटक भरतपुर गएर रेणुको पक्षमा भोट मागिदिनुस्, माहौल बनाइदिनुस् ।

भरतपुरको आमसभामा गएर रेणुको पक्षमा भोट नमागि दिन शेखर पक्षका नेता कार्यकर्ताहरुले पनि शेखर र गगनलाई दवाब दिनुभएको थियो । भरतपुरको आमसभामा कांग्रेसका अधिकांश कार्यकर्ता नपुगेको बताइएको छ । आमसभामा प्रायजसो माओवादी कार्यकर्ता मात्र देखिएका थिए ।

माओवादीले चितवन जिल्लाभरीबाट कार्यकर्ता आमसभा स्थलमा ओसारेको थियो ।

प्रकाशित मिति : २०७९, २२ बैशाख बिहीबार  ४ : ५३ बजे

सुनको भाउमा फेरि ठूलो उछाल, तोलामा ३ हजार ६ सय रुपैयाँ बढ्यो

काठमाडौ । नेपाली बजारमा सुनको मूल्यले फेरि ठूलो उछाल लिएको छ।

इरानी राष्ट्रपति पेजेस्कियानलाई अमेरिकाको भिसा, महासभामा सहभागी हुन न्यूयोर्क जाँदै

काठमाडौं। अमेरिका र इरानबीच तनाव चर्किरहेका बेला अमेरिकी सरकारले इरानी राष्ट्रपति मसुद

डेढ अर्बको हुण्डी कारोबार आरोपमा विराटनगरका दुई जना पक्राउ

विराटनगर । एक अर्ब ५७ करोड रुपैयाँभन्दा बढीको हुण्डी कारोबार गरेको

प्रधानमन्त्री बालेन हुन कि रवि लामिछाने हुन भन्नेमा कन्फूजन छ : गणेशबहादुर विश्वकर्मा

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका प्रतिनिधिसभा सदस्य गणेशबहादुर विश्वकर्माले वर्तमान

क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो : अजय विक्रम थापा

पछिल्लो समय नेपालमा क्यासिनोको संख्या बढ्दै छ, तर ठूला लगानी