भक्तपुर, २२ मङ्सिर : नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले समृद्ध नेपाल, सुखी नेपालीको अभियान सफल पार्न सामाजिक संस्थाहरुले पनि सहयोग गर्नुपर्ने बताउनुभएको छ । आज मध्यपुर ठिमीमा रहेको ठिमी जेसिजको ५० वर्षको अवसरमा आयोजित रजत समारोहमा उहाँले समाज र देशको विकासका लागि सामाजिक संस्थाहरुको भूमिका पनि महत्वपूर्ण रहने बताउनु भएको हो ।…