२०८३, १ आश्विन शुक्रबार

एमाले कोशी प्रदेश अधिवेशन अपडेट : मतगणना सुरु

एमाले कोशी प्रदेश अधिवेशन अपडेट : मतगणना सुरु


विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट गणना शुरु गर्ने भनिएपनि ५ बजेबाट मत गणना सुरु भएको हो ।

एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठका अनुसार ७ स्थानमा मतगणना सुरु भएको छ । कोशी प्रदेशमा १ अध्यक्ष, १ सचिव र २ उप सचिवका लागि निर्वाचन भएको हो । यसका लागि प्यानल वाइज उम्मेद्बारी परेको छ । यस्तै, २५१ जना प्रदेस सदस्यका लागि ४२५ जनाको उम्मेद्बारी परेको छ ।

कुल ९९७ जना प्रतिनिधिमध्ये ९७७ मत खसेको छ । मतदानमा २० जना प्रतिनिधि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुन् । यसैगरी सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा उमेदवार छन् ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ५ : ४५ बजे

औपचारिक रूपमा नेपाल न्यूज बैंकको प्रमुख सम्पादन सल्लाहकारमा आबद्ध भए धर्मेन्द्र झा

काठमाडौं । वरिष्ठ पत्रकार तथा साहित्यकार धर्मेन्द्र झा ‘धर्मेन्द्र विह्वल’

एमालेले देशभर संविधान दिवस मनाउने, रचनात्मक कार्यक्रम गर्न महासचिवको निर्देशन

काठमाडौं । नेकपा एमालेले आगामी असोज ३ गते संविधान दिवस देशभर

बागमती प्रदेश सरकारले ल्यायो ‘हेलो सिएम’ सेवा, अब सोझै मुख्यमन्त्रीलाई समस्या राख्न सकिने 

काठमाडौं । बागमती प्रदेश सरकारको ‘हेलो सिएम’ सेवामार्फत  अब प्रदेश

एनसेलको २१ वर्ष : नेपालको सञ्चार क्षेत्रमा परिवर्तनको महत्वपूर्ण यात्रा

२१ वर्षमा एनसेल : मेरो मोबाइलबाट हातहातमा पुगेको दूरसञ्चार सेवा

भृकुटीमण्डपमा घरजग्गा मेला सुरु, विपद् प्रतिरोधी आवासमा विज्ञहरूको बहस

काठमाडौँ । राजधानीको भृकुटीमण्डपमा आजदेखि नवौँ नेपाल जग्गा तथा आवास एवं निर्माण