२०८३, १४ कार्तिक शनिबार

एमाले कोशी प्रदेश अधिवेशन अपडेट : मतगणना सुरु

एमाले कोशी प्रदेश अधिवेशन अपडेट : मतगणना सुरु


विराटनगर । नेकपा एमाले कोशी प्रदेशमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ । दिउँसो १ बजेबाट गणना शुरु गर्ने भनिएपनि ५ बजेबाट मत गणना सुरु भएको हो ।

एमाले कोशी प्रदेश इन्चार्ज रघुवीर महासेठका अनुसार ७ स्थानमा मतगणना सुरु भएको छ । कोशी प्रदेशमा १ अध्यक्ष, १ सचिव र २ उप सचिवका लागि निर्वाचन भएको हो । यसका लागि प्यानल वाइज उम्मेद्बारी परेको छ । यस्तै, २५१ जना प्रदेस सदस्यका लागि ४२५ जनाको उम्मेद्बारी परेको छ ।

कुल ९९७ जना प्रतिनिधिमध्ये ९७७ मत खसेको छ । मतदानमा २० जना प्रतिनिधि सहभागी नभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेशमा अध्यक्षका लागि मोरङको लेटाङका घनश्याम खतिवडा र विराटनगरका विनोद ढकाल चुनावी प्रतिस्पर्धामा छन् । ढकाल अहिले केन्द्रीय सदस्य छन् भने खतिवडा प्रदेशको प्रचार विभाग प्रमुख हुन् । यसैगरी सचिवमा पाँचथरका राजकुमार भण्डारी र उदयपुरका शैलेश लामा उमेदवार छन् ।

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ५ : ४५ बजे

भैरहवाको बदलिँदो पहिचान : गाउँबाट व्यापारिक सहर,

रुपन्देही । कुनै समय ढुंगैढुंगाका बाटा, फुसका घर, झाडी र

पत्रकार पक्राउ र सञ्चारगृहमाथिको हस्तक्षेपविरुद्ध माइतीघरमा पत्रकारको प्रदर्शन

काठमाडौं । पत्रकार पक्राउ, सञ्चारगृहमाथि धरपकड र न्यूजरुममा प्रहरी हस्तक्षेप

पहिरोले बिपी राजमार्ग अवरुद्ध, पिन्थली र गिम्दीबेँसीमा सडक बन्द

काभ्रेपलाञ्चोक । निरन्तर वर्षासँगै पहिरो खस्दा बिपी राजमार्ग पूर्ण रूपमा

रास्वपाको सचिवालय बैठक आज, बिहान ११ बजे बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज सचिवालय बैठक

उपत्यकामा २४ घण्टामा ३१४ सवारीसाधनमाथि ट्राफिक प्रहरीको कारबाही

काठमाडौं । काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लङ्घन गर्ने ३१४ वटा